रविले हिरासतबाट पार्टी चलाए पछि रास्वपामा असन्तुष्टि

रविले हिरासतबाट पार्टी चलाए पछि रास्वपामा असन्तुष्टि

293
SHARES

काठमाडौं : सत्ताको नेतृत्व गरेको नेकपा एमालेले प्रदेशका पूर्वमन्त्री एवं सांसद अधिकारीलाई सबै जिम्मेवारीबाट निलम्बन गरिसक्दा पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेले भने हिरासतबाटै पार्टी चलाइरहेका छन्। सभापतिको निर्देशनमा रास्वपा पक्राउ विरुद्ध दोस्रो चरणको आन्दोलन गरिरहेको छ।

सभापति एवं पूर्वगृहमन्त्री लामिछाने पक्राउ परे देखि नै रास्वपाले आन्दोलन गरिरहेको हो। कार्तिक २ गते काठमाडौँमा रहेको पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार चौथो पटक प्रहरीलाई अनुमति दिएको छ।

लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ। लामिछानेलाई अदालतमा उपस्थित गराउँदा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरे। जापान काण्डमा मुछिएका लीला वल्लभलाई एमालेले निलम्बन गरेपछि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ रूपमा रास्वपा चुकेको बताएका छन्।

उनले आफ्नो भागमा पर्ने गल्तीका लागि माफी समेत मागेका छन्। सभापति लामिछानेले हिरासतबाट पार्टी चलाइरहँदा केन्द्रीय सदस्य कार्कीले पुराना दल भन्दा कुनै पनि कोणबाट रास्वपा फरक देखिन नसकेको बताए।

रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले भने रवि जिउँदो रहेसम्म सभापति नफेरिने बताए। लामिछानेलाई अदालतमा लैजाँदा भएको विरोध प्रदेशमा उपसभापति अर्यालले सभापति फेर्ने कुरा गौण रहेको बताए।

लामिछानेलाई राजनीतिक पूर्वाग्रहको आरोपमा पक्राउ गरिएको रास्वपाको दाबीलाई सत्तारुढ दलहरूले अस्वीकार गरेका छन्। कानुन विपरीतको काम गर्ने जो कोही कारबाहीको दायरमा आउनु पर्ने बताउँदै काँग्रेस सभापति शेरबहादुर देउवाले होहल्ला नगर्न रास्वपालाई भनेका छन्।

लामिछानेलाई रुपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बुटवल लैजाने तयारी समेत भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले यसअघि नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।

समाचार शेयर गर्नुहोस्
293
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.