निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सबैभन्दा बढी ‘अन्य’ मतदाता मधेस प्रदेशमा

सबैभन्दा बढी ‘अन्य’ मतदाता मधेस प्रदेशमा

154
SHARES

काठमाडौँ : निर्वाचन आयोगले १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको जनाएको छ। आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जनाएको छ।

मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशमा महिला मतदाता १७ लाख ४४ हजार ६७, पुरुष १७ लाख ५० हजार ५५७ र अन्य २७ गरी ३४ लाख ९४ हजार ६५१ जना रहेका आयोगले जनाएको छ।

कर्णाली प्रदेशमा सबैभन्दा कम महिला ५ लाख २ हजार २४४, पुरुष ५ लाख १६ हजार ३४५ र अन्य ३ गरी १० लाख १८ हजार ६०१ मतदाता रहेका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा महिला १ लाख ११ हजार ८९६, पुरुष १ लाख १४ हजार ९०० र अन्य ३ गरी २ लाख २६ हजार ७९९ मतदाताको लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार १५ वैशाख २०८१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा अन्य मतदाता १८८ थिए। १६ मङ्सिरमा हुने उपनिर्वाचनमा १८७ जनाको मात्र मतदाता नामावली सार्वजनिक भएको छ।

कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा ३ र सुदूर पश्चिम प्रदेशमा २० गरी १८७ अन्य मतदाताको अन्तिम नामावली आयोगले प्रकाशन गरेको छ।

तेस्रो लिङ्गीहरूको मिसन ०८४ : भ्रममा नपर्न गरे आग्रह

समाचार शेयर गर्नुहोस्
154
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.