निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कीर्तिपुरको मेयरमा तेस्रो लिङ्गी उम्मेदवार, शनिवार पत्रकार सम्मेलन

कीर्तिपुरको मेयरमा तेस्रो लिङ्गी उम्मेदवार, शनिवार पत्रकार सम्मेलन

363
SHARES

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रो लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ। कीर्तिपुर नगरपालिकाको मेयर र वडा नं ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने निर्णय जसपा नेपालले गरेको हो।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रवार प्रदान गरेको छ।

जसपा नेपालले अरू राजनीतिक दलहरूलाई चक्मा दिँदै तेस्रो लिङ्गी उम्मेदवारलाई मैदानमा उतार्ने निर्णय गरेको जनाएको छ। तेस्रो लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन्।

जसपा नेपालको उम्मेदवार छनौटमा प्राथमिकता भाषा र लैङ्गिक पहिचान

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले केन्द्रीय सदस्य सन्तोष सिलवाल, काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरे।

जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले शनिवार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाबारे जानकारी दिन लागेको जनाएको छ। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले शनिवार बिहान ११ बजे अनामनगर सिंहदरबारको पूर्वी गेट अगाडि पत्रकार सम्मेलन राखिएको जानकारी दिए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गर्ने उनले बताए। हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्।

कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडले पनि परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित बन्दै गएकी छन्। हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास हो।

तेस्रो लिङ्गीहरूको मिसन ०८४ : भ्रममा नपर्न गरे आग्रह

समाचार शेयर गर्नुहोस्
363
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.