निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वसभामुख ढुङ्गानाको निधनमा सार्वजनिक बिदा

पूर्वसभामुख ढुङ्गानाको निधनमा सार्वजनिक बिदा

256
SHARES

काठमाडौँ : सरकारले सोमबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख ढुङ्गानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ। बैठकले आइतबार निधन भएका ढुङ्गानाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झन्डा झुकाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

पूर्वसभामुख ढुङ्गानाको निधन, प्रधानमन्त्री बन्ने सपना अधुरै

समाचार शेयर गर्नुहोस्
256
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.