निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविलाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप हुँदै

रविलाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप हुँदै

241
SHARES
फाइल तस्बिर

काठमाडौं : सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। चौथो पटक थप गरिएको म्याद सकिएकाले आइतबार अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा लामिछाने गत कार्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए। लामिछानेलाई पोखरा पुर्‍याएर प्रहरीले अनुसन्धान जारी राखेको छ। पोखराबाट रुपन्देही झिकाएर बयान दिएका लामिछानेलाई पुन पोखरामै लगेर राखिएको छ।

कास्की जिल्ला अदालतले कार्तिक २५ गते थप गरेको १३ दिने म्याद सकिएकाले लामिछानेलाई आइतबार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। ‘भोलि म्याद थपका लागि अदालतमा उपस्थित गराइनेछ,’ओलियाले भने,‘कति दिन भन्ने भोलि नै थाहा हुन्छ।’

लामिछानेलाई कास्कीमा म्याद थप गरेर मात्रै काठमाडौं ल्याउने तयारी भएको छ। प्रहरीले सहकारी ठगीमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सङ्गठित र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ। रविलाई कास्कीमा म्याद थप गरेर प्रहरी परिसर काठमाडौँले अनुरोध गरेपछि अनुसन्धानका लागि काठमाडौं पठाइने कास्कीका प्रहरी प्रमुख ओलियाले जानकारी दिए।

रविका पार्टनर पूर्वडिआइजी छविलाल जोशीलाई काठमाडौं झिकाएर बयान लिइएको छ। बयान सकेर छविलाई पोखरा पुर्‍याएसँगै अब रविलाई काठमाडौं ल्याउने तयारी भएको हो।

समाचार शेयर गर्नुहोस्
241
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.