स्थानीय तह उपनिर्वाचन

रास्वपालाई पहिलो सफलता, झापाको वडामा स्वतन्त्र विजयी

रास्वपालाई पहिलो सफलता, झापाको वडामा स्वतन्त्र विजयी

काठमाडौं : स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

माओवादीका नमो नारायण माझीले ६ हजार ९६९ मत ल्याएर विजयी भएका निर्वाचन आयोगले जनाएको छ। निकटतम प्रतिस्पर्धी बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे। एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गरे।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन्। भण्डारी एक हजार ७४० मत प्राप्त गरी विजयी भएकी हुन्।

भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरिन। निर्वाचित भण्डारी २०७९ को स्थानीय तहको निर्वाचनमा काँग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्। गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन्। पहिलो पटक स्थानीय तह चुनावमा भाग लिएको रास्वपाले वडा अध्यक्षमा खाता खोलेको हो।

निर्वाचन आयोगका अनुसार श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका देवेन्द्र पाठकले दुई हजार २१४ मत पाए। एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत पाए।

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एक हजार ९२ मत पाए। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत ल्याए। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

कीर्तिपुर नगरपालिका १ को वडाध्यक्षमा काँग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। ५६२ मत प्राप्त गरेर उनी वडाध्यक्षमा निर्वाचित भए। निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४९८ मत पाए।

रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। काँग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे।

रौतहटकै राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा काँग्रेसका समसे आलम विजयी भएका छन्। आलमले सात सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे।

रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भए। उनले छ सय ५५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले छ सय ३१ मत ल्याए।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन्। यादवले तीन सय ७२ मत प्राप्त गरे। यादवका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन्। साहले छ सय ५२ मत प्राप्त गरे। साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्षमा काँग्रेसका अमिन थारु निर्वाचित भएका छन्। उनले एक हजार ४३ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सेरबहादुर थारुले ६७८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भएका छन्। रानामगरले चार सय ८६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी काँग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरे।

झापाको कन्काई नगरपालिका वाड नम्बर–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए।

सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा काँग्रेसका तेतर साहु निर्वाचित भएका छन्। उनले आठ सय १६ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन्। उनले एक हजार एक सय ५० मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे।

तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा काँग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन्। उनले चार सय ४० मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे।

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ को अध्यक्षमा एमालेका कुमारी सावादेन निर्वाचित भएकी छन्। उनले ३५३ मत प्राप्त गरिन्। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा काँग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। तिवारी दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भए। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रबीकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे।

नुवाकोटको ककनी गाउँपालिका वडा नं २ को अध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन्। घिमिरे एक हजार ८५ मत प्राप्त गर्दै विजयी भए। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा काँग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ एक हजार एक सय ८४ मत प्राप्त गर्दै विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा काँग्रेसका भूपमणि पुन मगर निर्वाचित भए। उनले छ सय ४३ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका छन्। उनले पाँच सय ७४ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेसमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.