निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपति पौडेल केहीदिन अस्पतालमै रहने

राष्ट्रपति पौडेल केहीदिन अस्पतालमै रहने

547
SHARES

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको केही दिन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा रहने भएका छन्। स्वास्थ्य अवस्था सामान्य रहे पनि स्वास्थ्यलाभको लागि उनी केही दिन अस्पतालमै रहने अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेल बुधवार स्वास्थ्य समस्या आएपछि त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए। उनको बुधवार प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिए। राष्ट्रपति पौडेल स्वास्थ्यलाभको लागि केही दिन अस्पतालमै रहने जानकारी उनले दिए।

समाचार शेयर गर्नुहोस्
547
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.