निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन

265
SHARES

काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन भएको छ। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले निर्माण गरेको वृत्तचित्र १२ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएको हो।

नेपाल पर्यटन बोर्डमा बुधवार प्रदर्शन भएको वृत्तचित्र अवलोकन पछि दर्शकहरूले सुनिल बाबु पन्तले गज्जब काम गरेको प्रतिक्रिया दिएका छन्। ‘सुनिल बाबु पन्त निर्देशित ‘अजिमा र छ प्रकारको लैङ्गिक पहिचान’ हेर्ने अवसर मिल्यो। मानव अधिकार फिल्म फेस्टिभलमा देखाइएको यस वृत्तचित्रमा सांस्कृतिक रूपमा मातृसत्ता, पितृसत्ता र समलैङ्गिकताको त्यस समयको स्थिति र विस्तार कसरी भए देखाइएको छ,’वृत्तचित्र हेरेपछि दर्शकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सुनिल बाबु पन्तले गज्जब काम गरेका छन्।’

अजिमा र ६ लैङ्गिक पहिचानले काठमाडौँको समृद्ध सांस्कृतिक सम्पदालाई सुन्दर ढङ्गले प्रस्तुत गरेका प्रतिक्रिया पनि वृत्तचित्र अवलोकन पछि आएका छन्। ६ वटा लिङ्गलाई कसरी पहिचान गर्‍यो? भन्ने कुरा पनि पत्ता लगाउँछ,’सामाजिक सञ्जालमा देखिएको छ,‘यो अर्थपूर्ण डकुमेन्ट्री हेर्ने मौका दिनुभएकोमा सुनिलबाबु पन्त दाइलाई धन्यवाद।’

वृत्तचित्र प्रदर्शन अघि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक अधिकारबारे प्यानल छलफल भएको थियो। पन्तसँगै अधिकारकर्मी दिलु बुदुजा प्यानलमा सहभागी थिए।

वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रित छ। वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ। तन्त्र परम्परामा ठुलो सानो हुँदैन। तल्लो माथिल्लो भनिँदैन। सबैको अस्तित्व छ। यही अस्तित्वलाई प्रस्ट पार्ने कोसिस गरेका निर्माता पन्तले लाखे नाच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ।

मन्दिरका टुँडालहरूमा कुँदिएका ६ थरिका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गरेका छन्। वृत्तचित्रमा समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ।

पन्तले कुमारीघरमा राखिएकी कुमारीलाई राष्ट्र प्रमुख बनाउनुपर्ने आफ्नो दृष्टिकोण पनि दिएका छन्। चन्द्र र सूर्य अङ्कित नेपालको झन्डा जोगाउनुपर्नेमा पन्तले वृत्तचित्रमा विशेष जोड दिएका छन्।

समाचार शेयर गर्नुहोस्
265
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.