मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवार अस्ताइन

मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवार अस्ताइन

268
SHARES

काठमाडौं : मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। शक्ति समूहको संस्थापक सदस्य तथा पूर्वअध्यक्षसमेत रहेकी दनुवारको ४७ वर्षको उमेरमा निधन भएको हो।

सोमबार बिहान ५ बजे आफ्नै निवासमा सुतेकै स्थानमा मृत फेला परेकी दनुवारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उनको अन्तिम श्रद्धाञ्जलीमा नेपाल सरकारका अधिकारीहरू, गैरसरकारी संस्था, नागरिक सङ्गठनका अगुवाहरू, मानव अधिकार आन्दोलनमा लागेका अधिकारकर्मीहरू, सांसदहरू पशुपति आर्यघाट पुगेका थिए।

१९९६ मा मानव बेचबिखनमा परेर उनलाई मुम्बईबाट नेपाल फर्काइएको थियो। भारतका विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्धार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध उनले काम गर्दै आएकी थिइन। उनी मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन्।

२०५६ सालमा चरीमाया तामाङसहित बम्बईबाट उद्धार गरी नेपाल ल्याएपछि उनीहरूकै पहलमा बेचबिखन प्रभावित महिलाले स्थापना गरेको विश्वकै पहिलो मानव बेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो। पछिल्लो समय उनी सुनिता फाउन्डेसन स्थापना गरेर सोही संस्थामार्फत मानव बेचबिखन विरुद्ध क्रियाशील थिइन्।

दनुवार उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो। दनुवारको श्रीमान्, एक छोरा र छोरी छन्।

समाचार शेयर गर्नुहोस्
268
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.