निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बेपत्ता तथा सत्य निरूपण आयोगको पदाधिकारी नियुक्तिमा सधैँ झमेला, फेरी अर्को समिति बन्ने

बेपत्ता तथा सत्य निरूपण आयोगको पदाधिकारी नियुक्तिमा सधैँ झमेला, फेरी अर्को समिति बन्ने

171
SHARES

काठमाडौं : सरकार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि फेरी अर्को समिति गठनको तयारीमा लागेको छ। यसअघि गठित दुई समितिले अध्यक्ष तथा सदस्यहरू नियुक्ति गर्न नसकेर स्वतः भङ्ग भएपछि सरकार तेस्रो समिति गठन गर्ने तयारीमा लागेको हो।

राजनीतिक दलको निर्देशनमा चल्न खोज्दा कुरा नमिलेपछि समितिले काम नै गर्न सकेन। समितिले दुवै आयोगका अध्यक्ष र सदस्यका १५८ दाबेदारमध्ये ४० जनाको सूची सार्वजनिक गरेको थियो। तर निर्धारित मितिमा नाम सिफारिस गर्न नसकेपछि सिफारिस समिति नै भङ्ग भयो।

सम्भवतः सरकारले यसै हप्ता अर्को आयोग गठन गर्न सक्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठन गरिएको सिफारिस समिति सचिवालयका प्रवक्ता खम्ब बहादुर खातीले जानकारी दिए।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, संविधानविद् राधेश्याम अधिकारी, पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलको नाम संस्थागत रूपमा सिफारिस भएका थिए। संस्थागत, व्यक्तिगत र समितिबाट गरी १५८ जनाको आवेदन पर्दा पनि समितिले उपयुक्त पात्र भेट्न नसक्नुको कारणबारे प्रवक्ता खातीको भनाई यस्तो छ।

शान्ति प्रक्रिया सुरु भएको १८ वर्षसम्म पीडितले न्याय पाउन सकेका छैनन्। पीडित थप पीडामा परेका छन्। बेपत्ता नागरिकको अवस्था अत्तोपत्तो छैन। राजनीतिक दलहरू भने आयोगमा नियुक्ति हुने पदाधिकारीमा आफ्नो मान्छे खोजिरहेका छन्। पदाधिकारी नियुक्तिको काम नै लिङगरिङ भइरहेको छ। सरकारले फेरी अर्को सिफारिस समिति गठन गर्ने प्रवक्ता खातीले सुनाए।

समाचार शेयर गर्नुहोस्
171
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.