निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र धनगढीमा विशेष स्क्रीनिङ हुने

अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र धनगढीमा विशेष स्क्रीनिङ हुने

137
SHARES

काठमाडौँ : अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र धनगढीमा विशेष स्क्रीनिङ हुने भएको छ।

धनगढीको एसटीएस सिनेमा हलमा २२ पुस सोमबारका दिन वृत्तचित्रको विशेष स्क्रीनिङ हुने संविधान सभा सदस्य समेत रहेका निर्माता सुनिलबाबु पन्तले जानकारी दिए।

बिहान साढे ११ बजे वृत्तचित्र प्रदर्शन हुनेछ। प्रवेश निःशुल्क रहेको पन्तले बताए। वृत्तचित्र प्रदर्शन लगत्तै मातृसत्तात्मक परम्पराहरूमा छलफल समेत हुने उनले जानकारी दिए।

नेपालको मुटुमा, भव्य दृश्य र प्राचीन परम्पराहरूको बीचमा, आध्यात्मिक र धार्मिक अभ्यासहरूको एक गहन तानाबाना पाउन सकिन्छ। संसारका अन्य भागहरूको जस्तै, नेपाललाई दुई प्रमुख पितृसत्तात्मक परम्पराहरूले आकार दिएका छन् : सन्यासीहरुको श्रवण परम्परा र पुरोहितहरूको ब्राह्मण परम्परा।

वृत्तचित्रमा विशेष गरी पितृसत्तात्मक व्यवस्थामा महिलाहरू र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको यौनिकतालाई दबाउन सक्ने देखाइएको छ। मातृसत्तात्मक ढाँचाभित्र, छ वटा लिङ्गहरूको मान्यता हुन्छ,जसले मानव विविधताको समावेशी बुझाइ प्रदान गर्दछ भनिएको छ।

यो सम्भवतः : एक समय थियो जब बुद्धिमान महिलाहरूले समाजलाई शासन र रक्षा गर्थे, जब तन्त्र र अन्य आध्यात्मिक अभ्यासहरू फस्टायो, र जब सबै पृष्ठभूमिका मानिसहरू जाति, यौनिक पहिचान भन्दा पर रहेर शान्तिपूर्वक सहअस्तित्वमा थिए।

तथापि, काठमाडौँ र समग्र नेपालको इतिहास अनगिन्ती पटक आक्रमणकारी पितृसत्तात्मक शक्तिहरूले पुनर्लेखन र पुनरीक्षण गरेका छन्। प्रत्येक पटक आफ्नो विश्वास र नैतिकता लादेर मातृसत्तात्मक मान्यता र अभ्यासहरूलाई ह्रास गरेको वृत्तचित्रमा देखाइएको छ।

यो वृत्तचित्र काठमाडौँ सहित पोखरा, हेटौँडा हुँदै धनगढीमा विशेष स्क्रीनिङ हुन लागेको हो।

समाचार शेयर गर्नुहोस्
137
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.