निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ब्लु डायमन्डको अध्यक्षमा उमेश पाण्डे, पन्तले दिए शुभकामना

ब्लु डायमन्डको अध्यक्षमा उमेश पाण्डे, पन्तले दिए शुभकामना

457
SHARES

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिको अभियान नै कमजोर बनाउने विवादास्पद कामले आलोचित नील हिरा समाज ब्लु डायमन्ड सोसाइटीमा अध्यक्ष परिवर्तन भएको छ। झन्डै दुई दशकदेखि अध्यक्ष रहेका सञ्जीव गुरुङ (पिंकी) अध्यक्षबाट हट्न बाध्य बने।

उपाध्यक्ष उमेश पाण्डे (उमिसा) ब्लु डायमन्डको औपचारिक रूपमा अध्यक्ष बने पुष्टि भने बल्ल भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि लेखि पठाएको ६ महिना पछि पिंकी अध्यक्षबाट बाहिरिएको पुष्टि भएको हो।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ममी समेत भन्ने गरेका पिंकीमाथि संस्थाको अपारदर्शिता, आर्थिक अपचलन, हर्मोन, सेक्सचेन्ज जस्ता विकृति विसङ्गति भित्र्याएको आरोप छ। तेस्रोलिंगी पहिचानमा विवाद ल्याउने काममा समेत पिंकी नाइकेको रूपमा रहेको आरोप समुदायले लगाएका छन्।

छानबिनबाट मुक्ति पाउन पिंकीले अध्यक्ष छोडेको हल्ला यसअघि नै चलेको थियो। तर, औपचारिक थिएन। अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्रको विशेष स्क्रीनिङका लागि धनगढी जाँदै गरेका संविधान सभा सदस्य सुनिलबाबु पन्तले ब्लु डायमन्डको औपचारिक अध्यक्ष निर्वाचित भएकोमा उमिसालाई बधाई दिए।

पन्तले सामाजिक सञ्जालमा लेखेका छन्,’म उहाँलाई शुभकामना दिन्छु र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार, समावेशीका लागि असीम समर्थन र ऐक्यबद्धता जनाउँछु।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारमा पाण्डे नेतृत्वको ब्लु डायमन्ड सोसाइटी सफल हुने विश्वास समेत पन्तले व्यक्त गरे। पन्तले नै सन् २००८ मा ब्लु डायमन्डको अध्यक्ष पद पिंकीलाई हस्तान्तरण गरेका थिए।

पन्त ब्लु डायमन्डका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक हुन्। उनी २०६४ को संविधान सभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने एक मात्र सदस्य हुन्। उनी एक दशक भने निष्क्रिय थिए। हाल उनी समुदायको अधिकार प्राप्तिका लागि पुन सक्रिय छन्।

जबरजस्ती विवाहमा आधारित लघु कथानक चलचित्र नील फूल मार्फत पुनः उदाएका पन्तले अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र निर्माण गरेका छन्। वृत्तचित्र सोमबार बिहान साढे ११ बजे धनगढीको एसटीएस सिनेमा हलमा प्रदर्शन हुनेछ। मङ्गलवार दिउँसो १ बजे सिने रोयल नेपालगन्ज र बुधवार सुर्खेतको एलसिएम सिनेमा हलमा विशेष स्क्रीनिङ हुँदैछ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

समाचार शेयर गर्नुहोस्
457
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.