निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालमा एकाबिहानै ७ म्याग्निच्युडको भूकम्प

नेपालमा एकाबिहानै ७ म्याग्निच्युडको भूकम्प

304
SHARES

काठमाडौं : नेपालको सीमा नजिक चीनको दिङ्गे केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ।

बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पूर्वी नेपालदेखि काठमाडौँसम्म महसुस भएको छ। यस्तै उत्तर भारतसम्म भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अमेरिकी जिओलोजिकल सर्वे युएजीएसले नेपालबाट ९० किलोमिटर भन्दा टाढा पर्ने दिङ्गे क्षेत्रमा ७ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको उल्लेख गरेको छ। उक्त भूकम्पपछि नेपाल–चीन सीमा क्षेत्रमा थुप्रै परकम्प गइरहेका छन्।

युएसजीएसको वेबसाइटका अनुसार सोलुखुम्बु जिल्लाको लोबुचे आसपासमा बिहान ६ बजेर ५८ मिनेटमा, ७ बजेर ९ मिनेट, ७ बजेर १७ मिनेटमा, ७ बजेर २२ मिनेटमा, ७ बजेर २८ मिनेटमा ४ देखि ५ म्याग्नीच्युडका परकम्प महसुस भएका छन्।

भूकम्पबाट कुनै क्षति भएको विवरण आइसकेको छैन। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले लोबुचे क्षेत्रमा कच्ची घरहरू रहेकाले क्षति भएको आशङ्का गरिएको तर विवरण भने आइनसकेको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
304
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.