निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शनपछिको छलफल आकर्षक र सशक्त’

‘अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शनपछिको छलफल आकर्षक र सशक्त’

230
SHARES

काठमाडौँ : अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र धनगढी, नेपालगन्ज र सुर्खेतमा विशेष स्क्रीनिङ भएको छ। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले निर्माण गरेको वृत्तचित्र अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र विशेष स्क्रीनिङ भएको हो।

सोमबार धनगढी, मङ्गलवार नेपालगन्ज र बुधवार सुर्खेतमा विशेष स्क्रीनिङ भएको वृत्तचित्रमा विशेष गरी पितृसत्तात्मक व्यवस्थामा महिलाहरू र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको यौनिकतालाई दबाउन सक्ने देखाइएको छ।

निर्माता पन्तले अजिमा र ६ लैङ्गिक पहिचान प्रतिको संलग्नता, माया र प्रशंसाको लागि धन्यवाद दिएका छन्। ‘दर्शकहरूको ऊर्जा, प्रश्न र प्रतिबिम्ब मन पर्‍यो,’पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’सहयोगको लागि एकल महिला सङ्घ, फेडो, वेस्टर्न स्टार नेपाल, इन्सेक, पत्रकार महासङ्घ, स्थानीय सरकार लगायत सबैलाई धन्यवाद।’

धनगढी, नेपालगन्ज र सुर्खेतमा वृत्तचित्र प्रदर्शनपछि मातृसत्ता र लैङ्गिकताका बारेमा प्यानल डिस्कसन समेत भएको थियो। नेपालगन्जको छलफललाई पत्रकार रुपा गहतराजले सहजीकरण गरेकी थिइन्। प्यानलिस्टका रूपमा भने वृत्तचित्र निर्माता सुनिलबाबु पन्त, प्राध्यापक सावित्रा बस्नेत, अधिकारकर्मी मैमुना सिद्धिकी तथा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य सहभागी थिए।

नेपालगन्जको सिने रोयलमा वृत्तचित्र प्रदर्शनसँगै पन्तले कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक र लैङ्गिक विविधता माथि एक नजर प्रदान गरेकोमा सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए।

वृत्तचित्र प्रदर्शनमा वेस्टर्न स्टार नेपाल, एकल महिला सँग, नौलो सिर्जना नेपाल नेपालगन्ज, चलचित्र पत्रकार सङ्घ लगायत सहभागी थिए। ‘वृत्तचित्र प्रदर्शनपछिको छलफल धेरै आकर्षक र सशक्त थियो’–पन्तले भने।

यो वृत्तचित्र काठमाडौँ सहित पोखरा, हेटौँडा, धनगढी नेपालगन्ज हुँदै सुर्खेतमा विशेष स्क्रीनिङ भएको हो। यो स्क्रिनिङमा नेपालस्थित युरोपेली सङ्घ र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन एसडीसी नेपालले सहयोग गरेको पन्तले बताए।

 

समाचार शेयर गर्नुहोस्
230
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.