निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रवि बुधवारसम्म न्यायिक हिरासतमै रहने

रवि बुधवारसम्म न्यायिक हिरासतमै रहने

207
SHARES

काठमाडौँ : सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार पनि न्यायिक हिरासतमा पुगेका छन्।

आइतबार काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित भएका लामिछाने थुनछेक बहस नसकिएपछि अब कम्तीमा बुधवारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको हो।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस सकिएको छैन।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो।

मङ्गलवार माघे सङ्क्रान्ति र माघीको बिदा भएकाले बुधवार मात्र अदालत खुल्नेछ। सोमबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिएको छ।

लामिछानेका तर्फका केही वकिलले बहस गरे पनि केहीको बहस भने बाँकी छ। काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा थुनछेक बहस जारी छ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतको आदेश पछि बैङ्क ग्यारेन्टी मार्फत ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने शुक्रवार काठमाडौँ आएका थिए। अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
207
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.