राष्ट्रपतिले होल्ड गरे भूमि सम्बन्धी अध्यादेश, चार वटा मात्रै जारी

राष्ट्रपतिले होल्ड गरे भूमि सम्बन्धी अध्यादेश, चार वटा मात्रै जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार चार वटा अध्यादेश जारी गरेका हुन्।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको हो।

राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ भने होल्डमा राखेका छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन०, २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको जानकारी सोमबार पत्रकार सम्मेलन गरेर दिएका थिए।

संसद् बोलाउनुको सट्टा सरकार अध्यादेश जारी गर्ने बाटोमा लागेको छ। संसद् छलेर अध्यादेश जारी गर्ने सरकारको कामको सत्तारुढ कांग्रेसका नेताहरु र विपक्षी दलहरुले बिरोध गरिरहेका छन्।

राष्ट्रपति अध्यादेश जारी गर्नु अघि ‘ब्रिफिङ’को तयारीमा

संसद् छल्ने ओलीको योजनामा काँग्रेसको साथ, विपक्षीको विरोध

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.