बुद्धशान्तिमा बोलेरो गाडी र अट्टो ठोक्किँदा १ जनाको मृत्यु

बुद्धशान्तिमा बोलेरो गाडी र अट्टो ठोक्किँदा १ जनाको मृत्यु

217
SHARES

झापा : झापा बुद्धशान्ति गाउँपालिका वडा न.४ हापेन चोक स्थित मेची राजमार्ग सडक खण्डमा बोलेरो गाडी र अट्टो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चारआलीबाट इलाम तर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३८५१ नं को बोलेरो गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-००२ ह ३६३ नम्बरको अट्टो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटोमा सवार यात्रु वर्ष २७ की अमृता तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बुद्धशान्ति गाउँपालिका वडा न.४ बस्ने उनको प्रादेशिक अस्पताल भद्रपुर झापाका चिकित्सकले सोमबार १२ बजे मृत घोषणा गरेका हुन्।

घाइते भएका सोही ठेगाना भएका वर्ष २१ की कृतिका तामाङ, वर्ष ४१ की मन्जु तामाङ, र बोलेरो चालक मेचीनगर नगरपालिका वडा न.१२ बस्ने वर्ष ४० को दिल कुमार माझीको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अटो चालक बुद्धशान्ति गाउँपालिका वडा न.४ बस्ने वर्ष ५३ को अजय मुक्तान (सामान्य), बोलेरो गाडी र अट्टोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
217
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.