निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान : कावासोतीमा विशेष स्क्रीनिङ

अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान : कावासोतीमा विशेष स्क्रीनिङ

183
SHARES

काठमाडौँ : अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र नवलपरासीको कावासोतीमा विशेष स्क्रीनिङ हुने भएको छ।

वृत्तचित्र माघ १२ गते शनिवार दिउँसो ३ बजे कावासोती सिनेमा हलमा प्रदर्शन हुने मायाको पहिचान नेपालले जनाएको छ। सचिव सुरेन्द्र पाण्डेका अनुसार सिनेमा हल प्रवेश निःशुल्क छ।

नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको गहिरो अध्ययन गर्ने अवसर प्राप्त गर्न वृत्तचित्र निर्माता एवं निर्देशक सुनिलबाबु पन्तले अनुरोध गरेका छन्। पन्तका अनुसार वृत्तचित्रको समीक्षासँगै मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिबारे छलफल हुनेछ।

वृत्तचित्रमा पन्तले पहिलो संविधान सभामा नेपालको झन्डा फेर्नेसम्मको बहस भएको वृत्तचित्रमा प्रस्तुत गरेका छन्। मातृसत्तात्मक दृष्टिकोणबाट नेपालको झन्डा विश्वकै उत्कृष्ट रहेको सन्देश वृत्तचित्र अजिमा र ६ प्रकारका लैङ्गिक पहिचानले दिएको छ।

शासकीय स्वरूपको बहस तातिरहेका बेला वृत्तचित्रमा वसन्तपुरमा राखिएकी कुमारीलाई राष्ट्र प्रमुख मान्न सकिने तर्क समेत वृत्तचित्रमा प्रस्तुत गरिएको छ। ऐतिहासिक दस्ताबेजहरू खोतल्दै वृत्तचित्रले ६ प्रकारका लैङ्गिक पहिचानले सदियौँ देखि मान्यता पाएको देखाउँछ।

समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी नागरिकको अधिकारका लागि संस्थागत अभियान सुरु गरेका पन्तले यसअघि जबरजस्ती विवाहमा आधारित नीलो फूल निर्माण गरेका थिए। नीलो फूलको प्रदर्शनसँगै पहिलो पटक नेपालमा समलिङ्गी विवाह गर्ने जोडीले कानुनी मान्यता पाए।

माया गुरुङ र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो पटक लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा कानुनी रूपमा विवाह दर्ता गर्न सफल भए। सर्वोच्च अदालतले १२ असार २०८० मा दिएको अन्तरिम आदेश अनुसार १३ मङ्सिर २०८० मा माया र सुरेन्द्र पहिलो समलिङ्गी विवाह दर्ता गर्ने जोडी बने।

पन्तले माया र सुरेन्द्रको पहिलो भेट भएको नवलपरासीको कावासोतीमा वृत्तचित्र विशेष स्क्रीनिङ गर्न लागेका हुन्। वृत्तचित्र यसअघि काठमाडौँ, ललितपुर, कास्की, मकवानपुर, कैलाली, सुर्खेत, बाँके जिल्लाका सिनेमा हलमा प्रदर्शन भइसकेको छ।

माघ १४ गते सोमबार रुपन्देहीको भैरहवामा वृत्तचित्र प्रदर्शन हुने पन्तले जानकारी दिए। वृत्तचित्र काशी सिनेप्लेक्स भैरहवामा दिउँसो १२ बजे प्रदर्शन हुनेछ।

समाचार शेयर गर्नुहोस्
183
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.