निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविलाई परिवारको जिम्मा लगाउने आदेशमा सरकारी वकिलको असन्तुष्टि

रविलाई परिवारको जिम्मा लगाउने आदेशमा सरकारी वकिलको असन्तुष्टि

192
SHARES

रुपन्देही : रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोस्रो दिन पनि परिवारको जिम्मा लगाउने आदेश दिएको छ।

सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बुधवार बयान दिन उपस्थित लामिछानेलाई न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले दोस्रो दिन पनि परिवारको जिम्मा लगाउने आदेश दिएको हो।

पहिलो दिन परिवारको जिम्मा लगाउने आदेश दिने न्यायाधीश योगीले मुद्दा नै हेर्न नमिल्ने सरकारी वकिलले जिकिर गरेका थिए। बयान दिन अदालतमा उपस्थित प्रतिवादीलाई हिरासतमा राख्न नपर्ने आदेश दिने न्यायाधीशबाट ‘के आदेश आउँछ’ भन्ने पहिले नै अनुमान गर्न सकिने भन्दै सरकारी वकिलले मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए।

तर, न्यायाधीश योगीकै इजलासमा दोस्रो दिन थुनछेक बहस भएको छ। सरकारी वकिलले बहस सकाएका छन्। बिहीबार पीडितका तर्फबाट पनि बहस सुरु भएको र शुक्रवार पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीकी सूचना अधिकारी, सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले जानकारी दिइन।

सरकारी वकिलहरू प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछाने, सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरे। जाहेरवालाकोतर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्नु भएको अदालतका श्रेस्तेदार एवम् उपसचिव यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए।

अब पीडितको पक्षबाट दुई जनाले बहस गर्न बाँकी छ। त्यसपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन्। बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहितलाई अभियुक्त बनाएर आइतबार मुद्दा दर्ता गरेको थियो।

सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।

समाचार शेयर गर्नुहोस्
192
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.