रुपन्देहीमा पनि रवि कसुरदार, १ करोड धरौटी बुझाएर रिहा

रुपन्देहीमा पनि रवि कसुरदार, १ करोड धरौटी बुझाएर रिहा

रुपन्देही : रुपन्देही जिल्ला अदालतले सहकारीको रकम अपचलन गरेको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने कसुरदार देखिएको ठहर गर्दै न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।

लामिछानेले १ करोड रुपैयाँ बैङ्क धरौटी बुझाएर रिहा भएका छन्। बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए।

लामिछानेसँग कास्की, काठमाडौं र रुपन्देहीसहित २ करोड २५ लाख रुपैयाँ धरौटी माग भएको छ। लामिछानेविरुद्ध अब चितवन र पर्सामा पनि सहकारी ठगी मुद्दा दर्ता गर्ने तयारी भएको छ।

कास्कीमा ८४ दिन हिरासतमा बसेका लामिछाने काठमाडौं र रुपन्देहीमा आफैँ उपस्थित भएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.