निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

६ प्रकारका लैङ्गिक पहिचानलाई अङ्गीकार गर्न सक्नु पर्ने सन्देश

६ प्रकारका लैङ्गिक पहिचानलाई अङ्गीकार गर्न सक्नु पर्ने सन्देश

250
SHARES

भैरहवा : संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा निर्देशित ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ वृत्तचित्र भैरहवामा विशेष स्क्रीनिङ गरिएको छ।

सोमबार भैरहवा स्थित काशी सिने प्लेक्समा स्क्रीनिङ गरिएको वृत्तचित्रले नेपालको प्राचीन इतिहासदेखि नै महिला अधिकार र तेस्रोलिङ्गी वर्गका मानिसहरूलाई सम्मानका साथ समाजमा पहिचान स्थापित गरिरहेको चित्रण गरेको छ।

नेपालमा महिला पुरुष सँगै ६ प्रकारका लैङ्गिक पहिचान रहेको र यसलाई वर्तमान पुस्ताले पनि अङ्गीकार गर्न सक्नु पर्ने सन्देश वृत्तचित्रले दिएको छ। वृत्तचित्रको अन्तिम दृश्यमा नेपालको झन्डा मातृसत्तात्मक सत्ताको प्रतीक रहेको देखाउँदै जीवित देवी कुमारीलाई नेपाली सत्ताको बागडोर दिनुपर्ने सुझाइएको छ।

अजिमाहरूको स्थापना देखि उनीहरूको बृहत्तर जानकारी दिने वृत्तचित्रले धेरैको ध्यान खिचेको छ। नेपालको संस्कृति र लैङ्गिक विविधताको अवस्था, महिला अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र मातृसतात्मक समाजको चित्रण गर्ने उद्देश्यका साथ वृत्तचित्र प्रदर्शन गरिएको निर्माता एवं संविधान सभा सदस्य पन्तले जानकारी दिए।

उनले अझै यसलाई लक्षित एवम् ठुलो सङ्ख्यामा रहेका दर्शकहरू माझ पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए। विपश्यना गर्ने क्रममा आफूलाई यस विषयमा अध्ययन गर्ने इच्छा जागेको तथा प्रतिनिधि सभा सदस्यहरूको आग्रहमा वृत्तचित्र निर्माण गरिएको उनले बताए। २ वर्षको अध्ययन, ६ महिनाको छायाङ्कन र १ वर्षको पोस्ट प्रोडक्सन पछि यो वृत्तचित्र दर्शक सामु आएको निर्माता पन्तले बताए।

वृत्तचित्र हेरे पछि अजिमा र लैङ्गिक पहिचानको विषयमा धेरै जानकारी पाइएको स्थानीय एलिना आचार्यले बताइन। उनले इतिहास देखि नै नेपाल मातृसत्तामा विशेष पहिचान बनाएको र यसलाई वृत्तचित्र मार्फत सुन्दर ढङ्गले प्रस्तुत गरिएको बताइन।

भैरहवाको काशी सिनेप्लेक्समा विशेष प्रदर्शन हेर्न राष्ट्रिय मानव अधिकारको टोली सहित अधिकारकर्मीहरू, सञ्चारकर्मीहरू, विद्यार्थी एवम् अन्य सर्वसाधारणहरू पुगेका थिए।

समाचार शेयर गर्नुहोस्
250
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.