निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : निलम्बित सचिव पाण्डेलाई थुनामा राख्नुको कारण माग

नक्कली भुटानी शरणार्थी : निलम्बित सचिव पाण्डेलाई थुनामा राख्नुको कारण माग

228
SHARES

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार चुडालको इजलासले पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ।

पाण्डेलाई थुनामुक्तको माग गर्दै गत शुक्रवार दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमा मङ्गलवार मात्र सुनुवाइ भएको हो। आइतबार र सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइका लागि रिटको पेशी तोकिएपनि हेर्न नमिल्ने सूचीमा परेको थियो।


आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जुले शुक्रवार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, काठमाडौँ जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ जिल्ला प्रहरी परिसर र सर्वोच्च अदालतलाई विपक्षी बनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८०,वैशाख २० गते पक्राउ परेका परेका पाण्डे काठमाडौं जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा छन्।

उनीविरुद्धको नक्कली शरणार्थी प्रकरणको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

काठमाडौं जिल्ला अदालतले पुर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो।

अदालतको आदेशविरुद्ध खाँणसहित १६ जना उच्च अदालत पाटन पुगेका थिए। पछि खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएका थिए। पाण्डेसहित अन्यलाई भने कारागारमै पठाएको थियो।

समाचार शेयर गर्नुहोस्
228
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.