भुटानी शरणार्थीको प्रचण्डसँग अपिल, स्वदेश फर्कन पाउँ

भुटानी शरणार्थीको प्रचण्डसँग अपिल, स्वदेश फर्कन पाउँ

272
SHARES

झापा : देश दौडाहामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापाको दमकमा भुटानी शरणार्थीहरूले स्वागत गरेका छन्।

शरणार्थीहरूले ३२ औँ वर्षदेखि भुटानी निरङ्कुश सरकारको उत्पीडन र दमनमा परि लखेटिएका नागरिकलाई झापा र मोरङमा आश्रय दिएको स्मरण गराएका छन्।

भुटानी शरणार्थी समस्या समाधानका विकल्पहरू मध्ये स्वदेश फिर्तीलाई बेवास्ता गरी तेस्रोदेश पुनर्वासलाई मात्र प्राथमिकता दिएकोमा उनीहरूले असन्तुष्टि जनाएका छन्।

भुटानी शरणार्थी समस्या समाधान भएको जस्तो बुझाई रहेको तर सम्मानजनक रूपले स्वदेश फर्कन चाहने शरणार्थीहरूको समस्या समाधान नभएको पटकपटक निवेदन गरेको अवगत पनि प्रचण्डलाई गराएको भुटान स्वतन्त्र जनमञ्चका महासचिव धन बीर सुब्बा र राष्ट्रिय मेलमिलाप समिति भुटानका संयोजक कृष्ण बीर तामाङले प्रचण्डलाई बुझाएको निवेदनमा लेखिएको छ।

भुटान फर्कन पाउनु पर्ने आफूहरूको मागमा पहल गरिदिन पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई अपिल गरिएको भूतपूर्व शिविर सचिव समेत रहेका जनमञ्चका महासचिव सुब्बाले जानकारी दिए।

सुब्बा र तामाङले स्वदेश फिर्ती हुन पाउनु पर्ने अधिकार सुनिश्चित गरिदिन लिखित पत्र नै बुझाएका हुन्। प्रचण्डसँग भुटानी शरणार्थी शिविरको नाम परिवर्तन नगरिदिन पनि अपिल गरिएको सुब्बाले बताए। नामकरण यथावत् राख्ने पहल गरिदिन उनीहरूले प्रचण्डलाई भनेका छन्।

बेलडाँगी झापा र पथरी शनिश्चरे मोरङमा खाद्यान्न, स्वास्थ्य, शिक्षा आवास जस्ता आधारभूत सुविधाहरू कटौती हुँदा पनि आफ्नै देश फर्कन पाउने आशामा लगभग ६ हजार पाँच सय भुटानी शरणार्थीहरू विभिन्न समस्याहरूसँग जुध्दै जीवन गुजारा गरिरहेको उनीहरूले प्रचण्डलाई जानकारी गराए।

पूर्वी भारतीय नाका पानीटंकीमा यस अगाडी स्वास्थ्य, शिक्षा, आफ्नो आफन्त भेटघाट लगायतका काममा जान आउन परिचय पत्रले चली आएकोमा हाल आएर यसमा पनि भारतीय सुरक्षाकर्मीबाट बाधा अवरोध गर्ने काम भएकाले धेरै कठिनाइ भएको प्रचण्डलाई बुझाएको अपिलमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.