निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काँग्रेस-एमाले सांसदले नै प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने

काँग्रेस-एमाले सांसदले नै प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने

201
SHARES

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिदैछन्।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओलीलाई १० जना सांसदले प्रश्न सोध्नेछन्। सत्तारुढ काँग्रेस र एमालेकै सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नाम टिपाएका छन्।

सांसदहरूले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न लिखित रूपमा संसद् सचिवालयमा बुझाएका छन्। एक जना सांसदले २ देखि ३ वटा सम्म लिखित प्रश्न टिपाएका छन्।

प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिएपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

बैठकमा वातावरणीय स्वच्छता कायममा सहयोग पुर्‍याउने तथा सो सम्बन्धमा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न मोन्ट्रियल प्रोटोकल अन्तर्गतको किगाली संशोधनमाथि सामान्य छलफल सुरु हुने भएको छ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।

समाचार शेयर गर्नुहोस्
201
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.