आकाश र करुणा अभिनीत ‘न्यानो स्पर्श’ सार्वजनिक

आकाश र करुणा अभिनीत ‘न्यानो स्पर्श’ सार्वजनिक

1.5k
SHARES

काठमाडौँ : गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ। आर बी खड्काको शब्द रचना र सुवास सेंचुरीको सङ्गीत रहेको गीतमा भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको हो।

पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ र पेज थापाको अभिनय रहेको म्युजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।

पहिलो पहिलो प्रेममा परिरहेको बेला मन खेलिरहेको भावनालाई भिडियोमा देखाइएको छ। बुद्ध थापाको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालको अफिसियल युट्युब च्यानल रमन धिमाल मार्फत सार्वजनिक गरिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.