अजिमा र ६ लैङ्गिक पहिचान : इटहरीमा मङ्गलवार, बुधवार विराटनगरमा विशेष स्क्रिनिङ

अजिमा र ६ लैङ्गिक पहिचान : इटहरीमा मङ्गलवार, बुधवार विराटनगरमा विशेष स्क्रिनिङ

816
SHARES

काठमाडौँ : सुनसरीको इटहरी र मोरङको विराटनगरमा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्रको विशेष स्क्रिनिङ हुने भएको छ। मङ्गलवार दिउँसो ५ बजे इटहरीको एलिट सिनेमा हलमा वृत्तचित्र विशेष स्क्रिनिङ हुनेछ।

मोरङको विराटनगरमा बुधवार अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र विशेष स्क्रिनिङ हुनेछ। फागुन ७ गते दिउँसो ३ बजे सिटी सिनेमा हल, विराटनगरमा वृत्तचित्र विशेष स्क्रिनिङ हुने निर्माता एवं निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।

संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेको पन्तले वृत्तचित्र स्क्रिनिङ लगत्तै मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिबारे अन्तरक्रिया गरिने बताए। नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको गहिरो अध्ययन गर्ने अवसरको लाभ उठाउन पन्तले अनुरोध गरे।

प्रवेश निःशुल्क रहेको विशेष स्क्रिनिङमा सहभागी भई समाजमा रहेको मातृसत्तात्मक परम्परा र लैङ्गिक पहिचानका विविध आयामहरूबारे हुने छलफलमा भाग लिन पन्तले अनुरोध गरे। वृत्तचित्र विशेष स्क्रिनिङका लागि युरोपियन युनियन र नेपालमा रहेको स्विजरल्याण्ड दूतावासको सहयोग रहेको मायाको पहिचान नेपालले जनाएको छ।

वृत्तचित्र काठमाडौँ, ललितपुर, कास्की, मकवानपुर, कैलाली, सुर्खेत, बाँके, नवलपरासी, रुपन्देही लगायतका स्थानमा विशेष स्क्रिनिङ भइसकेको छ। कोशी प्रदेशको इटहरीमा मङ्गलवार र विराटनगरमा बुधवार विशेष स्क्रिनिङ हुन लागेको हो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.