बेलुन पड्कँदा घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै

बेलुन पड्कँदा घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै

288
SHARES

काठमाडौं : पोखरा भ्रमण वर्ष उद्धघाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन्।

कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल स्वास्थ्य अवस्था सामान्य भएपछि सोमबार डिस्चार्ज भएका हुन्।

मन्त्री पौडेलको जलनको घाउ निको हुँदै गएको छ। फोक्सोमा कुनै खराब असर परेको नदेखिएकोले मन्त्री पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको उपचारमा संलग्न डाक्टर विकास कार्कीले जानकारी दिए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने स्वास्थ्य अवस्था सामान्य हुँदै गए पनि थप केही दिन अस्पतालमा राखिने उनले बताए।

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ। कीर्तिपुर अस्पतालमा दैनिक ५ देखि ६ जना जलनका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.