निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

माओवादीमा नारायणकाजी शान्त, जनार्दनले खोजे नेतृत्व

माओवादीमा नारायणकाजी शान्त, जनार्दनले खोजे नेतृत्व

407
SHARES

काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माफी मागेका छन्। झापामा सोमबार भएको पार्टी कार्यक्रममा रिसाएका श्रेष्ठले मङ्गलवार चितवनमा आएर माफी मागेका हुन्।

कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएको भिडियो भाइरल भएपछि र पार्टी कार्यकर्ताले नेतृत्वमा हुनुपर्ने गुण नभएको भन्दै आलोचना गरेपछि उनले चितवनमा आएर माफी मागेका हुन्। यसलाई सामान्य घटनाकै रूपमा लिन पनि उनले अनुरोध गरे।

यो घटनालाई माओवादी नेतृत्वमा रहेको आन्तरिक असन्तुष्टिको सङ्केतका रूपमा विश्लेषण गर्न थालिएको छ। एकताको सन्देशसहित भन्दै अभियानमा निस्केका प्रचण्डलाई अभियानको सुरुवातकै दिन पहिलो गाँसमै ढुङ्गा भने झैँ भएको टिप्पणी भइरहँदा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसले पार्टीको अभियानलाई कुनै असर नगर्ने बताए।

सोमबारको घट्नाले कार्यकर्ता माझ पार्टी अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिनुपरेको छ। मोरङको कानेपोखरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले एकताबद्ध भएर पार्टी निर्माणको सङ्कल्प गरेरै हिँडेको सुनाए।

झापामा एक ढिक्काको सन्देश दिन प्रचण्डले उपमहासचिवहरू वर्षमान पुन र जर्नादन शर्मालाई अंगालो हालेको तस्बिर पनि भाइरल बनेको थियो। अभियानको क्रममा पदाधिकारीहरूलाई पनि जनता सामु आफ्ना कुरा राख्न दिने प्रचण्ड रणनीतिको शर्माले फाइदा उठाउँदै नेतृत्व फेर्नुपर्ने बताएका छन्।

समाचार शेयर गर्नुहोस्
407
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.