निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भुटानी राजाविरुद्ध अमेरिकामा प्रस्ताव पारित, मानवअधिकार उल्लङ्घनको अनुसन्धान गर्न माग

भुटानी राजाविरुद्ध अमेरिकामा प्रस्ताव पारित, मानवअधिकार उल्लङ्घनको अनुसन्धान गर्न माग

558
SHARES

काठमाडौँ : भुटानका राजा देश निकाला गरिएका आफ्ना नागरिकको घेराबन्दीमा परेका छन्। जिग्मे दोर्जीका छोरा चौथा राजा जिग्मे सिङे वाङचुकको शासनकाल देखि मानवअधिकार र लोकतन्त्र माग गर्ने आफ्ना नागरिकलाई देश निकाला गर्ने, जेलमा राख्ने, हत्या, हिंसा, बलात्कारको काण्ड मच्चाउन सुरु भएको हो।

जुन पाँचौँ राजा जिग्मे खेशर नामग्यालले पनि जारी राखेका छन्। उनी जिग्मे सिङेकी दोस्री श्रीमतीका छोरा हुन्। जसको अनुसन्धान गर्न स्वतन्त्र सत्य निरूपण आयोग गठन गर्नुपर्ने माग तेस्रो देश पुर्नवास भएका नागरिकले गरेका छन्। नेपालसहित तेस्रो देश पुर्नवास भएका भुटानी शरणार्थीहरूले भुटानी सरकारको दमनविरुद्ध बोल्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिँदै आएका छन्।

सन् १९९० को दशकमा भएका मानवअधिकार उल्लङ्घनको अनुसन्धान गर्न सत्य निरूपण आयोग गठन गर्नुपर्ने, त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र नागरिक अधिकार संरक्षण गर्नुपर्ने प्रस्ताव अमेरिकामा रहेका भुटानी नागरिकले गरेका हुन्।

नेपाल सरकारसँग वार्ता गर्न, शरणार्थीहरूको नागरिकता र सम्पत्तिहरू फिर्ता गर्न, र पारदर्शी पुनर्स्थापना प्रक्रिया सुनिश्चित गर्न आग्रह गर्ने प्रस्ताव पारित भएको अमेरिकाबाट सञ्चालित ग्लोबलपोष्टइन्फोले जनाएको छ।

भुटानी राजाको आदेशमा नेपालीभाषी भुटानी र अन्य जाति शाचोर्पहरूलाई जबरजस्ती देश निकाला गरिएको छ। १९८० र १९९० को दशकमा १ लाख ३० हजारभन्दा बढी नेपालीभाषी र अन्य जाति भुटानीहरूलाई देश निकाला गरेर भुटानी राजाले मानवअधिकार उल्लङ्घन गरेको आरोप छ।

अमेरिकाको ओहायो राज्यको रेयोल्ड्सबर्गको सिटी काउन्सिलले भुटान सरकार नेपालीभाषी भुटानी समुदायको राजनीतिक, सांस्कृतिक, र आर्थिक दमन गर्न जिम्मेवार भएको बताएको छ। हजारौँ नेपालीभाषी भुटानीहरूलाई अन्यायपूर्ण रूपमा जेल हालिएको, यातना दिइएको, र बिना कानुनी प्रक्रिया लामो समयसम्म थुन्ने काम भुटान सरकारले गरेको काउन्सिलले उल्लेख गरेको छ।

भुटान सरकारले हालसम्म पनि विस्थापित भुटानी नागरिकहरूको नागरिकता र सम्पत्तिहरू कब्जामा लिएको छ। नेपालमा रहेका हजारौँ भुटानी शरणार्थीहरूको स्वैच्छिक पुनर्स्थापनाको लागि वार्ता गर्न अस्वीकार गर्दै आएको भुटान सरकारको रवैयाप्रति काउन्सिलले गम्भीर चिन्ता व्यक्त गरेको छ।

काउन्सिलले शान्तिपूर्ण रूपमा लोकतन्त्र र मानवअधिकारको माग गरेका सबै राजनीतिक बन्दीहरूलाई अविलम्ब रिहा गर्न भनेको छ। रेयोल्ड्सबर्ग सिटी काउन्सिल मेम्बर भुवन प्याकुरेलको नेतृत्वमा पारित प्रस्ताव रेयोल्ड्सबर्ग सिटीका मेयर जो बेगेनीलाई हस्तान्तरण गरिएको छ।

समाचार शेयर गर्नुहोस्
558
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.