निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मृत भेटिएका तेस्रोलिंगीको हत्या भएको पुष्टि, शङ्कास्पद एक जना पक्राउ

मृत भेटिएका तेस्रोलिंगीको हत्या भएको पुष्टि, शङ्कास्पद एक जना पक्राउ

347
SHARES

काठमाडौँ : काठमाडौँ धोविखोला करिडोरमा मृत भेटिएका तेस्रोलिंगी अडविर राईको हत्या भएको प्रहरीले जनाएको छ।

ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ स्थायी घर भएका ५० वर्षका राई बुधवार बेलुका ८ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं ४ धोविखोला करिडोरको भत्किएको संरचनामा बनेको शौचालयमा फोहोरहरूको थुप्रोले पुरेको अवस्थामा मृत भेटिएका थिए।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार म्याट्रेस, सिरानी, झोला, फोहोर कपडाहरू लगायतका फोहोरहरूले पुरेर राखेको अवस्थामा मृत भेटिएका राईको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँले हत्या गरेर राईको शव फालेको पाइएको जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल राज बोहराले हत्यामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको जानकारी दिए। ‘हत्या भएको पुष्टि भयो,थप अनुसन्धान जारी छ,’प्रहरी उपरीक्षक बोहराले पहिचानसँग भने,’शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएका छौँ।’

तेस्रोलिंगी महिलाको शङ्कास्पद मृत्यु

पक्राउ परेका व्यक्तिको हुलिया प्रहरीले गोप्य राखेको छ। हत्यामा संलग्न हो होइन अहिले नै यकिन भनिहाल्ने अवस्था नरहेको उनले बताए। मृतक राईका परिवारले महाराजगन्ज प्रहरीमा हत्या भएको किटानी जाहेरी दिएका छन्। हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न भनेका छन्।

पशुपति मन्दिर क्षेत्रमा चन्दा सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएकी राई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको हक अधिकारका लागि क्रियाशील रहेको मायाको पहिचान नेपालले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
347
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.