‘सबैका लागि सहयोगी नेपाल ’ स्थापना

‘सबैका लागि सहयोगी नेपाल ’ स्थापना

492
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारमा काम गर्न ‘सबैका लागि सहयोगी नेपाल’ संस्था स्थापना भएको छ।

यो समुदायका व्यक्तिको अधिकारका लागि खुलेको संस्थाको शनिवार उद्घाटन भएको छ। दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले रिबन काटेर संस्थाको उद्घाटन गरे।

मायाको पहिचान नेपालकी अध्यक्ष समेत रहेकी गुरुङ्गले समुदायको अधिकार प्राप्तिको अभियान अगाडि बढाउन नयाँ संस्था सहयोगी बन्ने विश्वास व्यक्त गरिन्।

मायाको पहिचान नेपालका सचिव समेत रहेका पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि मात्र नभई सम्पूर्ण व्यक्तिहरूका लागि खोलिएको संस्थाको प्रगतिको कामना गरे।

समुदायको हक अधिकारका लागि क्रियाशील सम्झना केसीको अध्यक्षतामा ‘सबैका लागि सहयोगी नेपाल’ संस्था स्थापना भएको हो। अध्यक्ष केसीको निम्तोमा मायाको पहिचान नेपाल, समर्पण सभ्य समाज नेपालसहितका यसअघि खुलेका संस्थाका प्रतिनिधिहरूले सफलताको शुभकामना दिए।

समाचार शेयर गर्नुहोस्
492
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.