निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुलाल बन्धु ललितपुरको अध्यक्षमा दिपेन्द्र निर्वाचित

दुलाल बन्धु ललितपुरको अध्यक्षमा दिपेन्द्र निर्वाचित

739
SHARES

ललितपुर : बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालको एकताको मूल उद्देश्यको साथ स्थापित दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट जिल्ला अध्यक्षमा दिपेन्द्र दुलाल, उपाध्यक्षमा राजेन्द्र दुलाल, महिला उपाध्यक्षमा सरस्वती दुलाल, सचिव किरण दुलाल, सहसचिवमा भिम प्रसाद दुलाल, कोषाध्यक्ष माधव दुलाल र सदस्यहरूमा अर्चना दुलाल, प्रदिप दुलाल, नवराज दुलाल, डिल्ली प्रसाद दुलाल, भरत दुलाल, राजन दुलाल, सन्तोष दुलाल, विनोद कुमार दुलाल, श्याम सुन्दर दुलाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक रामहरि दुलालले जानकारी दिए।

अधिवेशनमा केन्द्रीय उपाध्यक्ष रुद्र प्रसाद दुलाल, बागमती प्रदेश अध्यक्ष जयराम दुलाल, बागमती प्रदेश उपाध्यक्ष निल प्रसाद दुलाल, बागमती प्रदेश महासचिव गोविन्द दुलाल वंशावली निर्माण अनुसन्धानकर्ता गोपाल प्रसाद दुलाल लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।

नवनिर्वाचित दिपेन्द्र दुलालले ललितपुरका विभिन्न भूगोलमा छरिएर रहेका दुलालहरूको कुल पूजा एउटै मन्दिरबाट गराउने र जिल्लाका सबै बन्धुलाई सङ्गठित गराउँदै जाने बताए।

समाचार शेयर गर्नुहोस्
739
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.