निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइने

रविविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइने

329
SHARES
फाइल तस्बिर

काठमाडौं : सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता गर्ने अन्तिम तयारी भएको छ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप खेपिरहेका लामिछाने विरगंञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि संलग्न देखिएपछि अनुसन्धान अगाडी बढाइएको हो।

यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका लामिछाने करोडौँ धरौटी बुझाएर कारागार मुक्त भएका छन्।

उनीमाथि वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा चलाउने तयारी अन्तिम चरणमा पुगेको सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ।

लामिछाने विरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइने जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले जानकारी दिए।

सम्पत्ति शुद्धीकरणमा भने कास्की अदालतमै मुद्दा दायर भइसकेकाले अन्यत्र नचलाइने भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले लामिछाने संलग्न सानो पाइला सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।

सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम अनुसन्धान लगभग सकिएको र मिसिल अबको केही दिनमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मङ्सिर २५ मा लामिछानेलाई पोखराबाट वीरगन्ज पुर्‍याएर बयान लिइएको थियो।

लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कको बैङ्क खातामा सिधै साढे ८ करोड रुपैयाँ जम्मा गरेको पाइएको छ।

उक्त रकम गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, रवि र उनका बिजनेस पार्टनर जीवी राईले अपचलन गरेको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो।

समाचार शेयर गर्नुहोस्
329
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.