निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : पूर्वगृहसचिव पाण्डे र बेचेन थुनामै रहने

नक्कली भुटानी शरणार्थी : पूर्वगृहसचिव पाण्डे र बेचेन थुनामै रहने

517
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेय र मुख्य योजनाकार मानिएका बेचन झा थुनामै रहने भएका छन्। सर्वोच्च अदालतले पाण्डेय र झालाई थुनामुक्त गर्न माग गरेर दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो।

रिट खारेजसँगै पाण्डेय र झा दुवै थुनामै रहने भएका हुन्। झालाई थुनामुक्त गर्नुपर्ने बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसलमानको इजलासले खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्टार अच्युत कुइँकेलले जानकारी दिए।

यस्तै पूर्वगृहसचिव पाण्डेयकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको रिट न्यायाधीश द्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले खारेज गरेको प्रवक्ता कुइँकेलले जानकारी दिए।
झाले गत माघ २ गते र पूर्वसचिव पाण्डेयकी श्रीमती मञ्जुले माघ ११ गते थुनामुक्तको मागसहित बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले झालाई गत असार १३ गते पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध पाण्डेय र मञ्जु छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। तर, सर्वोच्च अदालतले यी दुवै आरोपीलाई थुनामा राख्नु कानुनसम्मत भनेको छ।

समाचार शेयर गर्नुहोस्
517
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.