सार्वजनिक कार्यक्रममा प्रज्वलनशील पदार्थ प्रयोगमा प्रतिबन्ध लगाइने

सार्वजनिक कार्यक्रममा प्रज्वलनशील पदार्थ प्रयोगमा प्रतिबन्ध लगाइने

624
SHARES

काठमाडौँ : सार्वजनिक कार्यक्रमहरूमा प्रज्वलनशील पदार्थहरू प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइने तयारी भएको छ।

पोखरामा भएको कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएपछि अनुसन्धान गर्न गठित छानबिन समितिले प्रज्वलनशील पदार्थको प्रयोग पूर्ण रूपमा रोक लगाउनु पर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

छानबिन समितिका संयोजक समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सुरक्षा संवेदनशीलतालाई समेत ख्याल गर्दै प्रज्वलनशील पदार्थको प्रयोगलाई नियन्त्रित गर्नुपर्ने सुझाव दिएको जानकारी दिए।

उनले विशिष्ट व्यक्ति स्वयंले पनि कार्यक्रममा जाँदा संवेदनशीलता बुझेर जानुपर्ने उल्लेख गरे। कार्यक्रममा जाने/नजाने स्वयम् अतिथिमा भर पर्ने भए पनि कार्यक्रमको पूर्व जानकारी लिएर जाँदा उपयुक्त हुने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ।

‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा गत फागुन ३ गते अर्थमन्त्री पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

समितिले आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो।समितिले आयोजकको असावधानीका कारण घटना भएको निष्कर्ष निकालेको छ।

सञ्चालकले कार्यक्रमको तालिकालाई अगाडी पछाडि राखेर कार्यक्रम चलाउँदा विस्फोट हुन पुगेको समितिले जनाएको छ। गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.