निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरुवा रोगको उपचार खोज्दै प्रचण्ड

सरुवा रोगको उपचार खोज्दै प्रचण्ड

420
SHARES

काठमाडौं : नेकपा माओवादी केन्द्र सरुवा रोगले थलिएको छ। सरुवा रोगको उपचार खोज्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश दौडाहामा लागेका छन्।

२०६४ को जस्तै गरी जनताको बलमा सत्तामा पुग्ने आशा बोकेर देश दौडाहा लागेका प्रचण्डले शनिवार चितवन पुगेर रोग निको पार्ने औषधी जनता नै भएको बताए।

बिहान मर्निङ वाकमा कालोझण्डाको सामना गरेका प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग पनि भेटेका छन्। शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग गठनमा प्रचण्डले बेवास्ता गरेको आरोप लागेको छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग गठनको छलफलका लागि प्रचण्डले बिरामी भएको खबर दिएको सुनाएका थिए। पार्टीको अभियानमा लागेका प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग प्रधानमन्त्रीले छलफलका लागि बोलाउनु भएको स्वीकार गरे।

एक पीडितका अनुसार प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुग्न अझै एक डेढ वर्ष लाग्ने बताए।

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनमा भन्दा प्रचण्डलाई पार्टीमा लागेको सरुवा रोगको उपचार खोज्ने चिन्ताले सताएको छ। प्रचण्डले माओवादीलाई लागेको रोग अस्पताल गएर निको नहुने बताए।

उनले वर्तमान सरकारले भ्रष्ट सांसदलाई उर्जामन्त्रीको जिम्मा दिएको आरोप समेत लगाए।

पार्टीको तराई–मधेस जागरण अभियानमा उनले भ्रष्टाचारी, बिचौलियाहरूलाई लखेट्न जनताको साथ चाहिएको बताए।

अहिलेका सत्तारुढ दल र राजावादीहरूलाई ठेगान लगाउन पूर्वमाओवादी मात्र होइन समाजवादी मोर्चामा रहेका सबै दल एक ठाउँमा उभिने दाबी समेत प्रचण्डले गरे।

राजावादीलाई चुनौती दिन चैत १५ गतेको प्रदर्शनको तयारीस्वरुप माओवादीले पार्टीको अभियान फेरि स्थगित गरेको छ। पार्टीका शीर्ष नेताहरू आइतबार काठमाडौं फर्किने तालिका छ।

समाचार शेयर गर्नुहोस्
420
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.