निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काठमाडौँ उपत्यकामा सरप्राईज चेकिङ, २२ जना पक्राउ

काठमाडौँ उपत्यकामा सरप्राईज चेकिङ, २२ जना पक्राउ

536
SHARES

काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सरप्राईज चेकजाँच गरेको छ। प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएसँगै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन सोमबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा सर्प्राइज चेकजाँच गरेको हो।

काठमाडौँका विभिन्न १८५ स्थानमा गरिएको चेकजाँचका क्रममा शङ्कास्पद २२ जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा राखिएका महिला १ जना र पुरुष २१ जना गरी २२ जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

उनीहरूबाट केही लागु औषध समेत बरामद भएको छ। चेकजाँचको क्रममा २५८ पिस लागु औषध बरामद गरिएको परिसरले जनाएको छ।

५ हजार ६३९ वटा दुई पाङ्ग्रे र २३५ वटा चार पाङ्ग्रे गरी ५ हजार ८७४ वटा सवारीसाधनहरूमा चेक जाँच गरिएको परिसरले जनाएको छ।

२६२ वटा सवारीसाधनहरूलाई ट्राफिक नियम उल्लङ्घन बापत जरिवाना गरी छाडिएको छ। २३ वटा दुई पाङ्ग्रे शङ्कास्पद सवारीसाधनलाई प्रहरीले नियन्त्रणमै राखेको छ।

चेकजाँच गरिएका सवारीसाधनहरूमा फर सफर भ्याली जिल्ला प्रहरी परिसर, काठमाडौँ अङ्कित स्टिकर समेत टाँस गरिएको थियो।

समाचार शेयर गर्नुहोस्
536
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.