निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मोदीले स्विकारेनन् निम्तो, सगरमाथा संवादमा नआउने

मोदीले स्विकारेनन् निम्तो, सगरमाथा संवादमा नआउने

475
SHARES

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको नौ महिनासम्म छिमेकी देश भारतको औपचारिक निमन्त्रणा नपाउँदा विभिन्न टीकाटिप्पणी भएका छन्।

भारतले नरुचाएको सरकार भन्ने भाष्य सिर्जना गर्न खोजिएका बेला थाइल्यान्डको बैंककमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ वार्ता गरे।

थाइल्यान्डको औपचारिक भ्रमण र विमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरेर शनिवार काठमाडौँ विमानस्थलमा उत्रिएका प्रधानमन्त्री ओलीले छिमेककाबीचमा सानातिना समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे।

‘देशभित्र आर्थिक, सामाजिक र राजनीतिक विकास गर्न जति गाह्रो छ, उति नै सजिलो हुन्छ आफू लत्रेर वैदेशिक सम्बन्ध विस्तार गर्न।’ सरदार भीम बहादुर पाँडेको वैदेशिक सम्बन्ध विस्तारबारेको त्यतिबेलाको निष्कर्ष अहिले पनि सान्दर्भिक रहेको जानकारहरू बताउँछन्।

प्रधानमन्त्री ओलीले मोदीसँगको भेटमा समस्या भइहालेमा तत्काल संवाद गरेर टुङ्ग्याउन गहिरो समझदारी बनेको दाबी गरे।

प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा भारतबाट उच्चस्तरको सहभागिता हुने जानकारी दिए। सगरमाथा संवादको समयमा भारतीय प्रधानमन्त्री मोदी युरोप जाने तालिका निश्चित भइसकेकाले नेपालमा आउन नसक्ने जानकारी गराउनुभएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताए।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्यान्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए।

समाचार शेयर गर्नुहोस्
475
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.