वायुप्रदूषण कम नभएपछि बल्ल निर्णय गर्दै सरकार

वायुप्रदूषण कम नभएपछि बल्ल निर्णय गर्दै सरकार

2.1k
SHARES

काठमाडौं : देशभर वायुप्रदूषण अचाक्ली बढिरहँदा निदाएको सरकार बल्ल ब्युँझने तयारी गरिरहेको छ। देशका जल्दाबल्दा समस्यामा रमिते बनेको सरकारले दुई दिनको सार्वजनिक बिदामा पनि प्रदूषण कम नभएपछि भोली (सोमबार) औपचारिक निर्णय लिन लागेको जनाएको छ।

सरकारले तत्काल स्वास्थ्य सङ्कटकाल लगाउने तयारी भने नगरेको बताएको छ। तर अवस्था हेरेर सवारी साधनमा जोर-बिजोर लगाउने देखि विद्यालय बन्द सम्मको निर्णय लिन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए।

विगत एक साता देखि नेपालको मौसममा सुधार आउन सकेको छैन। वायुप्रदूषण उच्च हुँदा नाक, आँखा पोल्ने, छाला चिलाउने तथा श्वास फेर्न समेत निकै गाह्रो भइरहेको छ।

वायुप्रदूषण का कारण दीर्घरोगी, पक्षाघात, ह्रदयघात तथा उच्च रक्तचापका बिरामीले नियमित रूपमा खाँदै आएका औषधीले समेत काम नगरेको भन्दै अस्पतालमा यस्ता बिरामीहरूको भिड बढेको मन्त्रालयका बुढाथोकीले बताए।

उच्च वायुप्रदूषणका कारण श्वास फेर्न असहज हुने, टाउको दुख्ने तथा एलर्जीले सताउने गरेको छ। यसको प्रत्यक्ष असर सबैभन्दा बढी बालबालिका तथा बृद्धबृद्धामा देखिएको छ।

रोकथामको दरिलो उपाय भनेको अनिवार्य मास्कको प्रयोग नै रहेको चिकित्सकहरूको सुझाव छ। पूर्वस्वास्थ्य सचिव डाक्टर लक्ष्मी राज पाठक पनि राम्रोसँग मास्कको प्रयोग गरेमा ९० प्रतिशत सम्म रोकथाम गर्ने भएकाले यही उत्तम विकल्प भएको बताउँछन्।

काठमाडौँ विश्वकै प्रदूषित सहरहरूको सुचीमा पहिलो स्थानमा छ। प्रदूषित देशको सुचीमा तेस्रो स्थानमा रहेको बङ्गलादेश अहिले दोस्रो स्थानमा पुगेको छ। चीन तेस्रो, म्यानमार चौथो तथा कम्बोडिया पाँचौँ स्थानमा रहेको छ।

तत्काल पानी नपरे नेपालमा अझ धेरै वायुप्रदूषण बढ्न सक्ने उल्लेख छ। अझै दुई दिन पानी पर्ने कुनै पनि सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् डेभिड ढकालले पर्सी मङ्गलवारबाट पानी पर्ने सम्भावना रहेकाले उपत्यकाको प्रदूषण हट्दै जाने बताए।

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.