निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्र बैङ्क गभर्नर विहीन

राष्ट्र बैङ्क गभर्नर विहीन

384
SHARES

काठमाडौँ : नेपाल राष्ट्र बैङ्क गभर्नर विहीन भएको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर बिदा भइसकेका छन्।

तर, अर्थ मन्त्रालयले कार्यवाहक गभर्नर समेत तोकेको छैन। मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट कार्यवाहक गभर्नरको जिम्मेवारी दिने व्यवस्था छ।

नेपाल राष्ट्र बैङ्क ऐनको दफा २५ अनुसार गभर्नर नियुक्तिको सार्वजनिक सूचना नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था छ।

सत्ता साझेदार दल नेकपा एमाले र काँग्रेस भने आफूअनुकुल गभर्नर नियुक्तिमा लागेका छन्। अर्थमन्त्री समक्ष नयाँ गभर्नरको लागि एमालेबाट २ र काँग्रेसबाट ४ गरी ६ जनाको नाम पुगेको छ।

नेपाल ग्रे लिस्टमा परेका बेला राष्ट्र बैङ्क गभर्नर विहीन बन्नु दुर्भाग्य भएको अर्थविद्हरूले टिप्पणी गरेका छन्। सरकार अर्थतन्त्रको अवस्था हेरेर भन्दा आफू अनुकूलको गभर्नर खोज्न लागेको छ।

कार्यविधि संशोधन गरेर उमेर हद हटाएको सरकारले अझैसम्म उपयुक्त पात्र भेट्टाउन सकेको छैन। राष्ट्र बैङ्कको गभर्नर बनाउन बिचौलियाले चलखेल गरेको सुनिएको टिप्पणी सत्तारुढ नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गरे।

काठमाडौँमा सुमन कर्माचार्यको आख्यान ‘कात्रोमा खल्ती’को लोकार्पण गर्दै कोइरालाले बिचौलियाका चलखेलमा परेर गभर्नर नियुक्ति भए मुलुकका लागि दुर्भाग्य हुने बताए।

उनले बिचौलियाको खेलमा नेतृत्व सामेल भएको आरोप समेत लगाए। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले पनि दबाबमा परेर राजीनामा दिएको भन्ने विषय उनले स्मरण गरे। उनले बिचौलियाहरूलाई बीचमा आउन दिन नहुने बताए। अख्तियारमा आफ्नो मान्छे होइन राम्रो मान्छे लैजान सुझावसमेत उनले दिए।

समाचार शेयर गर्नुहोस्
384
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.