निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फुल्चोकीमा हराउने र बागमतीमा बगाउँदा उद्धार गर्नेलाई सम्मान

फुल्चोकीमा हराउने र बागमतीमा बगाउँदा उद्धार गर्नेलाई सम्मान

320
SHARES

काठमाडौं : काभ्रे सेवा समाजले काभ्रेपलान्चोक जिल्लाका चार जना व्यक्तित्वलाई नगद सहित सम्मान गरेको छ। लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले शनिवार सम्पन्न समाजको १३ औँ साधारण सभामा चार जना व्यक्तित्वलाई सम्मान गरे।

गत असोजको बाढीले बागमतीमा बगाउँदै गरेका व्यक्तिको जीवितै उद्धार गर्न सफल तिमालका चनिकलाल तामाङले ११ हजार नगदसहित सम्मान प्राप्त गरे।

२०८१ साल असोजमा आएको बाढीका कारण बाग्मतीमा ज्यान गुमाउने अवस्थामा पुगेका व्यक्तिहरूलाई ठुलो जोखिम मोलेर ज्यान जोगाउने तिमालका तामाङलाई सम्मान गरिएको काभ्रे सेवा समाजले जानकारी दियो।

समाजले फुल्चोकी क्षेत्रमा हराइरहेका व्यक्तिहरूको उद्धारमा योगदान पुर्‍याएका पनौतीका दावा तामाङलाई पनि उति नै ११ हजार नगद सहित सम्मान गर्‍यो।

नेपाल बार एसोसिएसनको भरखरै सकिएको निर्वाचनबाट महासचिवमा निर्वाचित केदार कोइराला र केन्द्रीय सदस्य मुकुन्द अधिकारीलाई पनि समाजले सम्मान गर्‍यो।

काभ्रेपलान्चोक जिल्लाको हकहितका लागि भनेर स्थापित समाजले नयाँ कार्यसमिति पनि चयन गरेको छ। प्रह्लाद केसीको अध्यक्षतामा रहेको समाजको नेतृत्व सङ्घीय मामिला विज्ञ एवं पूर्वसहसचिव पुरुषोत्तम नेपालले सम्हालेका छन्।

निर्वाचन समितिका संयोजक गंगासागर खत्रीका अनुसार, नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन भएको घोषणा गरिएको हो। २१ सदस्यीय कार्य समितिका चार जना भने मनोनीत गर्ने प्रावधान छ।

समाजको वरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्का, उपाध्यक्षमा लभराज जोशी, महासचिवमा कमल तिमल्सिना, सचिवमा ओमकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा धनरानी केसी छन्।

कार्य समिति सदस्यहरूमा उद्धवबहादुर थापा, सच्चयूराज उप्रेती, भीमप्रसाद गौतम, केशवराज खरेल, शुकदेव सापकोटा, रामप्रसाद हुमागाईँ, राममणि अधिकारी, काशीनाथ तिमल्सिना, सरस्वती चिमोरिया, शर्मिला थापा विष्ट र अनिल तामाङ छन्।

कार्यक्रममा मैनाली, समाजका आजीवन सदस्य मधु आचार्य, नेपाल सरकारका पुर्वसचिव धनबहादुर तामाङ, सेवा समाजका अध्यक्ष प्रह्लाद केसी, सम्मानित व्यक्तित्व तामाङ र कोइराला लगायतले आफ्नो जिल्लाको विकासमा सबै एकजुट भएर सक्रियता पूर्वक लाग्नुपर्ने बताएका थिए।

साधारणसभामा महासचिव राघव सिंह थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिना श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए।

समाचार शेयर गर्नुहोस्
320
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.