काँग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट गरेको सूचना कसले दियो?

काँग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट गरेको सूचना कसले दियो?

447
SHARES

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सत्तारुढ नेपाली काँग्रेसले माग गरेको छ।

लिङ्देनले सत्तारुढ दलका एक जना सहमहामन्त्रीको छोरा गत चैत १५ गते काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा संलग्न भएको र पक्राउ परे पछि छोडिएको आरोप लगाएका थिए।

तर, काँग्रेसले लिङ्देनको अभिव्यक्ति झुटो भएको दाबी गर्दै रेकर्डबाट हटाउन माग गरेको हो। अन्य पार्टीमा सहमहामन्त्री नभएकाले काँग्रेस नै हो भन्नेमा दुई मत नभएको तर नाम तोकेर आरोप पुष्टि गर्नुपर्ने नभए अभिव्यक्ति सच्याउनुपर्ने घिमिरेले माग गरे।

राष्ट्रिय सभा बैठकमा काँग्रेस सांसद आनन्द प्रसाद ढुङ्गानाले काँग्रेस नेताहरू अनुशासित भन्दै त्यस्तो हुनै नसक्ने तर्क गरे।

काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्बिर सार्वजनिक गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौती दिए।

जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङ्देनले लगाएको आरोप पुष्टि नभए कानुनी उपचार खोज्ने चेतावनी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना निकालेर काँग्रेस सहमहामन्त्रीका छोरा पक्राउ गरेर विना कारबाही छोडिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएको छ।

राप्रपा अध्यक्ष लिङ्देनले गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीको छोरा भन्ने थाहा भए पछि प्रहरीले तत्काल छाडेको बताएका थिए। तर, अहिले लिङ्देनले आफूले थाहा पाएर नभई स्वतन्त्र सांसद अमरेश सिंहबाट सूचना आएकाले सत्तारुढ दलका सहमहामन्त्रीका छोरा भनेको बताए।

उनले भने,’अमरेश सिंहले चार/पाँच दिन अगाडि नै भनिसक्नु भएको छ,अमरेशले फिर्ता लिनु भयो भने अनि फिर्ता लिन सुरु हुन्छ।’

लिङ्देनका अनुसार भाटभटेनी लुटपाटमा काँग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको सूचना अमरेशले दिएका थिए। उनैले दिएको सूचना अनुसार लिङ्देनले संसदमा बोलेका थिए।

समाचार शेयर गर्नुहोस्
447
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.