निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

१७ अर्ब ८६ करोड अवैध कारोबार, ११ जिल्लाका २१ जना पक्राउ

१७ अर्ब ८६ करोड अवैध कारोबार, ११ जिल्लाका २१ जना पक्राउ

388
SHARES

काठमाडौं : अवैध वित्तीय कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार एक सय रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको खुल्न आएको सीआईबीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

अवैध कारोबार बापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैङ्क खाताहरूमा जम्मा गर्नका लागि मनी मूलहरूलाई परिचालन गरी ठुलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गर्ने गरेको प्रहरीले जनाएको छ।

विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ई–मनी बनाई सो रकमलाई रेमिटेन्स बापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया शुसिला कुमारी साहु र २२ वर्षीय शम्भु मेहता रहेका छन्।

यस्तै सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुण कुमार साह, ४४ वर्षीय संजिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदिप कुमार साह, ३२ वर्षीय बिकर्ण जंग राणा र ३८ वर्षीय सलमा खातुन पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भीम कुमारी गुरुङ, ३४ वर्षीय गणपति पाण्डे, र चितवनका ६४ वर्षीय गोविन्द प्रसाद आचार्य पनि पक्राउ परेका छन्।

समाचार शेयर गर्नुहोस्
388
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.