निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भूतप्रेत भइसकेको राजतन्त्रविरुद्ध ढ्याङ्ग्रो बजाउनु : प्रधानमन्त्री

भूतप्रेत भइसकेको राजतन्त्रविरुद्ध ढ्याङ्ग्रो बजाउनु : प्रधानमन्त्री

390
SHARES

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गरे।

उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे। ‘रातीमा चार वटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ। तिनले कराएर केही हुन्न। अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,’उनले भने,’त्यस्ता प्रवृत्ति विरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनुपरेको छ। यो काममा तपाईँहरू लाग्नुहोला।’

राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने सुनाए।

समाचार शेयर गर्नुहोस्
390
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.