निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : बाँकी साक्षी बुझ्ने आदेश

नक्कली भुटानी शरणार्थी : बाँकी साक्षी बुझ्ने आदेश

449
SHARES

काठमाडौं : काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले घटना विवरण र साक्षी बुझ्ने आदेश दिएको हो।

वैशाख २८ गतेको मिति तोकेर साक्षीहरूको बकपत्र गराउने आदेश भएको अदालत प्रशासनले जनाएको छ।

यसअघि वैशाख २ गते जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ठगी लिखत किर्ते र राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दाको सुनुवाइ गर्दै सक्कल प्रतिवेदन झिकाउने आदेश दिएको थियो।

वादी नेपाल सरकारका साक्षी जाहेरवाला लगायतका घटना विवरण गर्ने मानिसहरू, प्रतिवेदक, निवेदकहरू सुनिता गौतम, प्रितम शर्मा र यम बहादुर परियारलाई तोकिएको मितिमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ मार्फत बकपत्रको लागि उपस्थित गराई तथा उपस्थित भएका प्रतिवादीहरूको साक्षी निजै मार्फत उपस्थित गराई बकपत्रको कार्य सम्पन्न गर्न आदेश दिएको थियो।

आदेश पछि नक्कली भुटानी शरणार्थी मुद्दामा वादी नेपाल सरकारको तर्फबाट २६ जना साक्षीको बकपत्र सकिएको अदालत प्रशासनले जनाएको छ। २० जना प्रतिवादीका साक्षीको पनि बकपत्र सकिएको छ। अब बाँकी सरकारी साक्षीको बकपत्र र घटना विवरण गराउने काम वैशाख २८ गतेदेखि हुने अदालत प्रशासनले जनाएको छ।

नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादीहरू पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, डा.ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहित २० जनाका साक्षीको बकपत्र सकिएको छ।

नक्कली भुटानी शरणार्थी : साक्षी बकपत्र गराउने र बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश

नक्कली भुटानी शरणार्थी : अदालतमा प्रतिवादीहरुको दैनिक हाजिरी सुरु, १९ जनाको सकियो बकपत्र

समाचार शेयर गर्नुहोस्
449
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.