निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि सहकार्य

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि सहकार्य

334
SHARES

काठमाडौं : युएनएफपीए, संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था, तथा मनकामना दर्शन प्रा. लि.ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सरकारी निजी साझेदारी मार्फत समुदायको सुदृढीकरणका लागि सहयोग सम्झौता गरेका छन्।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन पर्यटन क्षेत्रको एक अग्रणी संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौता उल्लेख गरिएको छ।

काठमाडौँमा जेठ ६, २०८२ मा गरिएको सम्झौतामा, युएनएफपीएको तर्फबाट योन योङ हङ्ग र मनकामना दर्शन प्रा. लि.का तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस साझेदारी मार्फत दुवै पक्षले आगामी दुई वर्ष सम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका निम्ति अवसरहरू प्रदान गर्दै सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

मनकामना दर्शन प्रा. लि ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि विभिन्न स्थानमा जस्तै टिकट काट्ने स्थानहरूमा पोस्टर, पम्पलेट मार्फत सूचना सम्प्रेषण गरिने छ। यस्ता सूचना मार्फत आगन्तुकले हिंसा भएका खण्डमा कहाँ जानकारी प्राप्त गर्ने, कस्ता सेवा उपलब्ध हुन्छन्, हिंसा भोगेका व्यक्तिका अधिकारका बारेमा जानकारी प्राप्त गर्ने छन् भने सबै पहुँचका लागि यस्ता सूचना लाई श्रब्यदृष्य सामग्री मार्फत सम्प्रेषण गरिने छ।

सचेतना र क्षमता अभिवृद्धिका बाहेक यस साझेदारी मार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जिबनोपार्जनका सहयोग र समाजमा पुनस्थापनाका लागि स्थानीय श्रम र अन्य व्यापारिक संस्थासँग जोड्ने उद्देश्य राखिएको छ।

हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीएकी प्रतिनिधि, योङ हौंगले, युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको भूमिका बारेमा थप प्रकाश पार्दै भनिन – जब निजी क्षेत्र सामाजिक मर्यादा, समानता र सुरक्षाका सवालहरूसँग एकाकार हुन्छन्, उनीहरू परिवर्तनका सशक्त संवाहक बन्दछन्।”

मनकामना दर्शन प्रा. लि. का यसु श्रेष्ठले लैङ्गिक समानता र सामाजिक उत्तरदायित्व प्रति संस्थागत प्रतिबद्धता जाहेर गर्दै युएनएफपीए सँगको साझेदारीमा महिला, किशोरी का लागि सुरक्षित वातावरण का लागि काम गर्नु आफूहरूका लागि गौरवको विषय रहेको बताइन।

संयुक्त राष्ट्रको रूपान्तरणकारी एजेन्डा र लैङ्गिक हिंसा रोकथामका लागि राष्ट्रिय लक्ष्यहरू हासिल गर्न यस सहकार्य निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एक नवीन ढाँचा रहेको छ।

समाचार शेयर गर्नुहोस्
334
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.