निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मनसुन भित्रनै लाग्दा विपद् पूर्वतयारी शून्य, बल्ल छलफल गर्दै सरकार

मनसुन भित्रनै लाग्दा विपद् पूर्वतयारी शून्य, बल्ल छलफल गर्दै सरकार

293
SHARES
फाइल तस्बिर

काठमाडौं : यो वर्षको मनसुन जेठ १८ गतेदेखि भित्रने भएको छ। मनसुन सुरु हुनै लाग्दा सरकारी तयारी भने शून्य प्राय छ। मनसुन भित्रने चार दिन बाँकी रहँदा मात्र बैठक बस्ने तयारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष बाढी पहिरो लगायतका प्राकृतिक विपद्बाट २० लाख मानिस प्रभावित हुने प्रक्षेपण गरेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा र गर्मीको प्रक्षेपण सार्वजनिक गरेपछि प्राधिकरणले मनसुनबाट साँढे चार लाख घर परिवार प्रभावित हुने प्रक्षेपण गरेको छ।

प्राधिकरणले विपद्का कम क्षति गराउने तयारीबारे भने छलफल गर्न पाएको छैन। गृहमन्त्रीको व्यस्तताका कारण सोमबार बस्ने भनिएको बैठक बुधवारका लागि सारिएको छ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता राम बहादुर के.सी.ले सरकारको तयारीबारे छलफल गर्न जेठ १४ गते बैठक बस्न लागेको जानकारी दिए।

बैठकले प्राधिकरणले तयार पारेको मस्यौदालाई पास गर्ने र सबै प्रदेश तथा स्थानीय तहलाई विपद्का बारेमा सर्कुलेशन जारी गर्ने तयारी छ। पहाडी र तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना बढी रहने अनुमान गरिएको छ।

यस अवधिमा लगातारको वर्षाका कारण बाढी, पहिरो तथा डुबान जस्ता प्राकृतिक प्रकोपको जोखिम समेत बढ्न सक्ने अनुमान छ। मनसुन अवधिमा देशभर अधिकतम र न्यूनतम तापक्रम सामान्य सरदरभन्दा माथि रहने सम्भावना मौसम पूर्वानुमान महाशाखाको छ।

तापक्रममा हुने यो वृद्धिले कृषि, जल व्यवस्थापन, जनस्वास्थ्य तथा अन्य क्षेत्रहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्न सक्ने छ। सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सचेत रहन, सतर्कता अपनाउन तथा आवश्यक तयारी गर्न महाशाखाले भनेको छ। मनसुन असोज १४ गतेसम्म सक्रिय रहने महाशाखाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
293
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.