निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वराजा ज्ञानेन्द्र ‘सत्ता बार्गेनिङ’ गर्ने मुडमा सक्रिय

पूर्वराजा ज्ञानेन्द्र ‘सत्ता बार्गेनिङ’ गर्ने मुडमा सक्रिय

390
SHARES

काठमाडौं : गणतन्त्र घोषणा भएको दिन घमासान पर्ने सङ्केत देखिएको छ। राजतन्त्र फर्काउने र गणतन्त्र जोगाउने दुवैले शक्ति प्रदर्शन गर्ने दिन जेठ १५ लाई रोजेका छन्। जुन दिन देशमा गणतन्त्र घोषणा भएको थियो।

राजतन्त्र अन्त्य गरेको जेठ १५ मा राजावादीहरूले गणतन्त्रको विरोधमा प्रदर्शन गर्दैछन्। काठमाडौं तीनकुनेमा विध्वंस मच्याएको ठ्याक्कै २ महिनामा राजावादीहरूले अर्को प्रदर्शन गर्न लागेका हुन्।

१५ चैतको प्रदर्शन हिंसात्मक बनाउन उक्साएको अभियोगमा पक्राउ परेर रिहा भएकासहित ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।प्रतिनिधिसभाका सदस्य धवल शमशेर राणा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका थिए।

आइतबार काठमाडौं जिल्ला अदालतमा राणा, मिश्र र पूर्वराजा ज्ञानेन्द्र शाहको आर्सीवाद लिएर प्रदर्शनको कमान्ड गरेका दुर्गा प्रसाईँ सहित ५० जनाविरुद्ध सङ्गठित अपराध, राज्य विरुद्धको कसुर, कर्तव्य ज्यान सम्बन्धी कसुरमा कारबाही गर्न मुद्दा दर्ता भएको हो।

११ जना विरुद्ध आपराधिक अपद्रव कसुरमा कारबाही गर्न माग गरेर मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए। राजावादीहरूले प्रदर्शन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा बसाल्ने तयारी राजावादीहरूको देखिएको छ।

पूर्वराजा ज्ञानेन्द्रले पनि निर्मल निवासबाट नारायणहिटी प्रवेश गरेर रिहर्सल गरेका छन्। शनिवार नारायणहिटी प्रवेश गरेका पूर्वराजा ज्ञानेन्द्र आइतबार झापा पुगेका छन्। तीनकुनेको प्रदर्शनमा प्रहरीको घेरा तोड्दै गाडी हुइँक्याएका प्रसाईँले पूर्वराजालाई भेटेको बयान दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले तीनकुनेको प्रदर्शन आन्दोलन निर्देशनमा नभएको, प्रसाईँले नभेटेको जस्ता अभिव्यक्ति दिएर दुख व्यक्त गरेका थिए। एयरपोर्टमा स्वागत पाएका ज्ञानेन्द्र सत्ताको बार्गेनिङ गर्ने मुड लिएर सक्रिय बनेका छन्।

राजावादीहरूको प्रदर्शनले ज्ञानेन्द्रलाई सिंहासनमा फर्केर राज गर्ने इच्छा जागेको देखिएको छ। सोल्टी होटलमा लन्च मिटिङ भ्याइसकेका ज्ञानेन्द्र फागुन ७ को प्रजातन्त्र दिवस पछि हौसिएका हुन्।

राजावादीहरू व्यवस्थाकै विरोधमा उत्रिएपछि सरकार आक्रमण बन्ने देखिएको छ। सरकारले राजावादीहरूको आन्दोलनलाई दमन गर्ने रणनीति बनाएको छ। १५ जेठमा राजावादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर आन्दोलनको घोषणा गरेपछि सरकारले सोही अनुसारको रणनीति बनाएको हो।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूलाई टाउको समेत उठाउन नदिन उर्दी जारी गरेका छन्। व्यवस्था विरुद्ध नै प्रश्न उठ्न थालेपछि ओलीले जेठ १५ गते काठमाडौँ पूर्ण रूपमा कब्जा गर्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन नै दिएका छन्।

राजसंस्था र हिन्दूराज्य पुनर्स्थापना नभएसम्म आन्दोलन नरोक्ने उद्घोष गरेका राजावादी दलहरूले पूर्व निर्धारित मितिमै एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको छ।

एमाले सचिवालय बैठकले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए। गणतन्त्र विरोधी कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरे।

नारायणहिटी दरबार परिसरसमा रहेको चक्रब्युह धाम नारायण मन्दिरमा पूजाआजा गरेका पूर्वराजा ज्ञानेन्द्रको चहलपहल बढेपछि राजनीतिक दलहरूमा छटपटी बढेको छ।

जेठ १५ गतेको आन्दोलनलाई निर्णायक बनाउन भन्दै राजेन्द्र लिङदेन र कमल थापा नेतृत्वको राप्रपाले प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समिति नै गठन गरेको जनाएको छ।

राजावादी शक्तिहरूले हिन्दूराज्य, राजतन्त्र पुनर्स्थापना, सङ्घीयता खारेजी लगायतका मागहरू राखेर आन्दोलन गर्दै आएका छन्। चैत १५ गतेको घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो।

समाचार शेयर गर्नुहोस्
390
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.