निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विवाहको अधिकार सुनिश्चित गर्न सङ्घीय सरकार समक्ष सिफारिस गरियोस् : सांसद थापा

विवाहको अधिकार सुनिश्चित गर्न सङ्घीय सरकार समक्ष सिफारिस गरियोस् : सांसद थापा

297
SHARES

कास्की : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको विवाहको अधिकार सुनिश्चित गर्न सङ्घीय सरकार समक्ष सिफारिस गर्न गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले सरकारको ध्यानाकर्षण गराएकी छन्।

नेपाली काँग्रेसकी सांसद थापाले प्रदेशसभा बैठकको शून्य समयमा यौनिक तथा लैङ्गिक विविधता भएका नागरिक एलजीबीटीआईक्यू लगायत संविधानले दिएको समानताको अधिकारबाट वञ्चित भइरहेका छन् भन्ने विषयमा गम्भीर चिन्ता व्यक्त गरिन।

‘विवाह जस्तो मौलिक अधिकारबाट वञ्चित हुनु केवल कानुनी असमानता होइन,सामाजिक बहिष्करण र मानसिक पीडासँग पनि गाँसिएको छ,’उनले भनिन्,’यसले उनीहरूको पहिचान नागरिक, सम्पत्ति, अधिकार र आत्मसम्मानमा प्रत्यक्ष असर पारिराखेको छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार सुनिश्चित गर्न समावेशी नीति बनाउन प्रदेश सरकारसँग माग गरिन। ‘विवाहको अधिकार सुनिश्चित गर्न सङ्घीय सरकार समक्ष सिफारिस गरियोस्। प्रदेशस्तरमै सचेतना र सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गरियोस्,’उनले भनिन्,’यो विषयमा केवल कानुनको मात्र होइन मानवताको पनि हो। सबै नागरिकका लागि समान अवसर र सम्मान सुनिश्चित गरौँ।’

उनले संवेदनशील मानवअधिकारको विषयमा ध्यानाकर्षण गराइन। लामो समयदेखि समावेशिता र अपाङ्गताको क्षेत्रमा कार्यरत सांसद थापाले समानताको अधिकारबाट वञ्चित समुदायबारे चिन्ता व्यक्त गरिन्।

राजनीतिमा आरक्षण माग गरिएको रिटलाई अग्राधिकार

स्थानीय तहदेखि प्रदेश र सङ्घीय व्यवस्थापिकामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व शून्य छ। २०६४ मा सुनिल बाबु पन्त संविधान सभाको सदस्य बने यता एलजीबीटीआईक्यू व्यक्तिहरूको प्रतिनिधित्व भएको छैन।

मायाको पहिचान नेपालले राजनीतिक समावेशिताका लागि निर्वाचन कानुनमा संशोधन गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। सर्वोच्चले रिटलाई अग्राधिकार दिएको छ। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग निरन्तर छलफल गर्दै आएको जनाएको छ।

मायाको पहिचान नेपालमा आबद्ध अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) सङ्घीय व्यवस्थापिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु, कोशीपछि गण्डकीको प्रदेश सभामा सरकारको ध्यानाकर्षण गराउनुले संवैधानिक अधिकार कार्यान्वयनमा बल पुग्ने विश्वास व्यक्त गरिन्। कोशी र गण्डकी प्रदेशमा मात्र नभएर अन्य प्रदेश सभामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मागमा सरकारको ध्यानाकर्षण गराइदिन सांसदहरूसँग अधिकारकर्मी चञ्चलाले अनुरोध गरिन्।

यो पनि चञ्चलामा उत्साह : समुदायको माग बोलिदिने सांसद परियारलाई दिइन धन्यवाद

समाचार शेयर गर्नुहोस्
297
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.