निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सेवा समर्पण नेपालद्वारा गोरखाका १६० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सेवा समर्पण नेपालद्वारा गोरखाका १६० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

2k
SHARES

गोरखा : सामाजिक सेवा क्षेत्रमा क्रियाशील संस्था सेवा समर्पण नेपालले गोरखाका १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अमेरिकी सेनामा कार्यरत नेपालीहरू र नेपालमै रहेका समाजसेवीहरूद्वारा स्थापित संस्थाले विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको जनाएको छ।

मुनलाइट सोसाइटी नेपालसँगको सहकार्यमा गरिएको सहयोग कार्यक्रम अन्तर्गत गण्डकी गाउँपालिकामा रहेका पाँच विद्यालय, कालिका आधारभूत विद्यालय, दीर्घेश्वर आधारभूत विद्यालय, जनप्रिया आधारभूत विद्यालय, सिद्धकाली माध्यमिक विद्यालय र गण्डकी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको हो।

शुक्रवार र आइतबार सम्पन्न कार्यक्रममा १६० विद्यार्थीलाई स्टेशनरी, झोला, पोसाकलगायतका आवश्यक सामग्री वितरण गरिएको सेवा समर्पण नेपालका संयोजक निरज भट्टले जानकारी दिए। उनका अनुसार सेवा समर्पण नेपाल विगतदेखि नै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र राहत कार्यमा सक्रिय रहँदै आएको छ।

संस्थाले आपतविपद् परेका नेपालीलाई सकेको सहयोग गर्ने नीति लिएको बताउँदै संयोजक भट्टले सहयोग आवश्यक पर्ने व्यक्तिहरूले सेवा समर्पण नेपालको आधिकारिक फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्।

विगतदेखि नै यो संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र राहत कार्यमा सक्रिय रूपमा काम गर्दै आएको बताएको छ। संस्थाले आपत् विपद्मा परेका जोसुकै नेपालीलाई सकेको मद्दत गर्ने नीति लिएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.